कोरोनाविरुद्धको खोप नआउँदासम्म दिल्लीका सबै विद्यालय बन्द हुने

कोरोनाविरुद्धको खोप नआउँदासम्म दिल्लीका सबै विद्यालय बन्द हुने

नँया दिल्ली : भारतकोे दिल्ली प्रदेशमा कोरोना भाइरस विरुद्धको खोप नआउँदासम्म विद्यालय बन्द नै रहने भएका छन् । खोप नआउँदासम्म बालबालिकाहरू विद्यालयमा सुरक्षित हुन नसक्ने भएकाले अहिले नै विद्यालयहरू खोल्न ठिक नहुने निश्कर्ष प्रदेश सरकारले निकालेको हो। 

दिल्ली प्रदेशका उप मुख्यमन्त्री तथा शिक्षा मन्त्री मनिष सिसोडियाल’जहिलेसम्म खोप आउँदैन त्यहीलेसम्म दिल्लीका विद्यालयहरू बन्द नै रहने बताए ।

कोरोनाविरुद्धको खोप नआउँदै विद्यालय खोल्नु घातक हुने भएकाले विद्यालय खोल्ने निर्णय गर्न नसकिएको उनको भनाइ छ । भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा गत मार्च १६ देखि सबै विद्यालयहरू बन्द नै रहेका छन्। कोरोना भाइरसको महामारी फैलिन थाल्नासाथ सरकारले विद्यालय बन्द गराएको हो। 

भारतका कतिपय प्रदेशहरूले विद्यालय खोल्ने निर्णय गरेपनि दिल्ली प्रदेशले भने बन्दलाई अझै कायमै राख्ने निर्णय गरेको छ। दिल्ली प्रदेश भारतमा कोरोना भाइरसबाट धेरै प्रभावित छ प्रदेश मध्येमा पर्दछ । 

जोन हप्किन्स विश्वविद्यालयले जारी गरेको तथ्यांकअनुसार अहिलेसम्म भारतमा ९२ लाख ६६ हजार ७०५ जना सङ्क्रमित भएका छन्। त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको सङ्ख्या भने एक लाख ३५ हजार २२३ पुगेको अधिकारीहरूले जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.