काठमाडौंका ६२० सहित उपत्यकामा थप ७८५ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ७८५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ७८५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ६२०, भक्तपुरमा ५१ र ललितपुरमा ११४ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकाका ७८५ जनासहित १६ सय १४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। योसहित संक्रमितको संख्या २ लाख २७ हजार ६४० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
१६ हजार ७९३ जना कोरोनाका संक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार १६ हजार ७९३ जना आइलोसनमा र ६८० जना क्वारेन्टाइनमा छन्। पछिल्लो २४ घण्टामा १४ सय ३७ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ। बिहीबार कोरोनाबाट २३ जनाको भएको छ। योसहित मृत्यु हुनेको संख्या १४ सय १२ पुगेको मन्त्रालयले जनाएको छ।