रुसको चेतावनीपछि अमेरिकी युद्धपोत फिर्ता
मस्को: रुसले आफ्नो इलाकामा प्रवेश गरेको अमेरिकी युद्धपोतलाई ध्वस्त पारिदिने चेतावनी दिएपछि अमेरिकाले उक्त जहाज आफ्नो इलाकामा फिर्ता भइसकेको जानकारी दिएको छ ।
रुसी अधिकारीहरुका अनुसार अमेरिकी युद्धपोत जापान सागर अन्तरगत रुसी समुद्री इलाकामा प्रवेश गरेको थियो । र 'यूएसएस जोन एस' नाम गरेको उक्त अमेरिकी जहाजलाई रुसले पछ्याएको बताइएको थियो ।
रुसको चेतावनीपछि अमेरिकी अधिकारीहरुले आफ्नो जहाज फिर्ता भएको जनाए । यद्यपि अमेरिकी नौसेनाले यसमा आफ्नो कुनै गल्ती नभएको जिकिर गरेको छ । आफ्ना कुनै पनि जहाजलाई यसरी सीमा पार जान नभनिएको अमेरिकी नौसेनाको भनाइ छ ।
रुसका अधिकारीले भने अमेरिकी जहाज घुसपैठका लागि सीमाभित्र २ किलोमिटर छिरिसकेको जनाएका थिए । तर अमेरिकी नौसेनाले रुसको यस्तो चेतावनीलाई उसले बयानबाजी गरेको आरोप लगायो ।