बाइडेनको कार्यकालमा अमेरिकासँग सम्बन्ध सुध्रिने इरानको विश्‍वास

बाइडेनको कार्यकालमा अमेरिकासँग सम्बन्ध सुध्रिने इरानको विश्‍वास

तेहरान : इरानी राष्ट्रपति हसन रौहानीले अमेरिकामा जो बाइडेन राष्ट्रपतिमा विजयी भएपछि अमेरिकासँग इरानको सम्बन्ध सुध्रिनेमा आशा व्यक्त गरेका छन् ।

उनले बाइडेनको कार्यकालमा डोनल्ड ट्रम्पभन्दा अघिको अवधिजस्तै सम्बन्ध सुमधुर हुनेमा विश्वास व्यक्त गरे । साथै यदी अमेरिकाले पहल गरेमा दुई देशको सम्बन्धमा कुनै समस्या नहुने पनि उनको भनाइ थियो ।

बाइडेनले ट्रम्पका गल्ती सुधार्ने कुरामा पनि रौहनीले विश्वास गरेका छन् । बुधबार उनले पत्रकार सम्मेलनको क्रममा यस्तो बताएका हुन् । २०१७ को जनवरीसम्म दुई देशले कायम गरेको सम्बन्ध जस्तै अब फेरि दुबै देशको पहलमा पुरानो सम्बन्ध फिर्ता हुनसक्ने उनले बताएका थिए ।

अमेरिकामा डोनल्ड ट्रम्प राष्ट्रपति बनेपछि इरानमाथि अमेरिकाले दबाब बढाएको इरानी राजनीतिज्ञहरु बताउँछन् । त्यसो त ट्रम्पले इरानमाथि नाकाबन्दी लगाउनुका साथै मुस्लिम वाहुल्य देशबाट अमेरिका प्रवेशमा समेत रोक लगाइदिएका थिए । सोही कारण रौहनी लगायत इरानी नेताहरु ट्रम्प प्रति रुष्ट हुने गरेका छन् ।

अमेरिकामा चुनाव हुनुअघि ट्रम्पले मुस्लिमविरोधी अधिव्यक्ति दिइरहँदा बाइडेनले भने आफू निर्वाचित भएपछि मुस्लिमहरुमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.