भारतीय विदेश सचिवसँग कांग्रेस नेताको भेट : देउवाले भने- दुई देशको उच्च राजनीतिक संवाद आवश्यक छ

भारतीय विदेश सचिवसँग कांग्रेस नेताको भेट : देउवाले भने- दुई देशको उच्च राजनीतिक संवाद आवश्यक छ

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल–भारतबीच राजनीतिक तहमा निरन्तर सम्पर्क र छलफलमा जोड दिएका छन्। 

उच्च राजनीतिक तहमा हुने संवादले दुई मुलुकका बीचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुग्ने देउवाको भनाइ छ। 

दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलासँगको भेटवार्तामा कांग्रेस सभापति देउवाले राजनीतिक तहमै संवादमा जोड दिएका हुन्। 

‘दुई ‘मुलुकबीच उच्च राजनीतिक राजनीतिक तहमा छलफल र सम्पर्क विस्तारलाई बढावा दिनुपर्छ,’ देउवाको भनाई उद्धृत गर्दै भेटमा सहभागि परराष्ट्रविद् डा. दिनेश भट्टराईले भने, ‘यसले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउँछ भन्ने धारणा थियो।’ 

भट्टराई कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुँदा परराष्ट्र सल्लाहकार थिए। भेटवार्तामा सभापति देउवासँगै बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी थिए। 

परराष्ट्रविद् भट्टराईका अनुसार उनीहरुबीच नेपाल भारत सम्बन्ध बहुआयामिक र व्यापक रहेको उल्लेख गर्दै यसलाई थप मजबुत बनाउदै अगाडि बढ्नुपर्नेमा छलफल भएको थियो। 

उनले भेट सौहार्दपूर्ण भएको बताए। कांग्रेस सभापति देउवाले नेपाल भारतबीच सम्झौता भएका तर कार्यान्वयनमा नआएका परियोजनाको काम अगाडि बढाउनुपर्नेमा विशेष जोड दिएका थिए। 

उनले पञ्चेश्वर परियोजनाको नाम लिदै वर्षौं अघि सम्झौता भएपनि  काम निर्माणमा ढिलाई भएकोतर्फ भारत सरकारको ध्यानाकर्षण गराएका थिए।

‘सम्झौता भएर पनि काम अगाडि नबढेको परियोजनाहरुलाई अब कार्यान्वयनमा लैजाँदा यसले नागरिक तहमा पनि राम्रो सन्देश जान्छ, यसमा ढिलाई गर्नुहुन्न,’ देउवाको भनाइ थियो। 

कांग्रेस नेताहरुले नेपालको लोकतान्त्रिक आन्दोलन र लोकतन्त्रको संस्थागत विकासमा भारतको नैतिक सहयोग सधैं रहेकोमा प्रसंशा गरेका थिए। 

त्यस्तै कांग्रेस नेताहरुले नेपालको विकासमा भारतले गर्दै आएको सहयोगको पनि खुलेर प्रसंशा गरेका थिए कांग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा करिव ४५ मिनेट भेटवार्ता भएको थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.