पहिरो प्रभावित ६० परिवारलाई रेडक्रसको आर्थिक सहयोग

पहिरो प्रभावित ६० परिवारलाई रेडक्रसको आर्थिक सहयोग

सन्धिखर्क : अर्घाखाँचीको शितगंगा नगरपालिका ११ र १२ का पहिरो प्रभावितहरुलाई नेपाल रेडक्रस सोसाइटीले राहात रकम प्रदान गरेको छ । जमिन भाँसिएर घरबार बिहीन भएका शितगंगा नगरपालिका  १२ कोठिया मैदानका ५१ घरपरिवार र ११ ढुंगेशेराका ९ घर परिवारलाइ ३५ घरपरिवारलाई ५ हजार रुपैयाँका दरले राहात प्रदान गरेको हो । 

शितगंगा नगरपालिकामा गत आश्विन ९ गते जमिन भाँसिएर पहिरो जाँदा ६० घर परिवार विस्थापित भएका छन् । जमिन भाँसिएर पहिरो जाँदा सिंगो क्षेत्र नै जोखिममा परेको छ । झण्डै ३ सय घर पहिरोको जोखिममा रहेका छन् । 

पहिरो प्रभावित क्षेत्रमा असोज महिनामा पनि रेडक्रस सोसाइटीले त्रिपाल, खाद्यान्न, लत्ता कपडा, भाडाकुडा सहितका एक सेट राहात सामग्रही प्रदान गरेको थियो । वडा नम्बर १२ र ११ मा कार्यक्रम गरेर राहात रकम प्रदान गरेको हो । 

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य शम्भु पोख्रेल, शितगंगा नगरपालिका १२ का अध्यक्ष बाबुराम गैरे, नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति कुशल भुसाल, जिल्ला कोषाध्यक्ष तुल्सी पौडेल, ठाकुर अधिकारी, नेपाल पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य, जिल्ला सदस्य बसन्त श्रेष्ठलगायतले मन्तव्य राखेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.