बलिका हत्या प्रकरण : शान्त बन्दै बर्दिबास

बलिका हत्या प्रकरण : शान्त बन्दै बर्दिबास

बर्दिबास : तीन दिनदेखि तनावग्रस्त बनेको महोत्तरीको बर्दिबासको वातावरण शान्त बनेको छ।  

मृतक बालिका र गोली लागेर ज्यान गुमाएका दुवै घटनाको सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयले तीन सदस्य छानबिन टोली गठन गरेपछि बर्दिबास शान्त हुँदै गएको हो।

ठप्प गरेको बजार खुलेको छ। राजमार्गमा बिहानैदेखि गाडी चलिरहेको छ।

गएको सोमबार राति बर्दिबास-१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी गुलबसा खातुनको बलात्कार पश्चात हत्या भन्दै प्रदर्शन भएको थियो। त्यही क्रममा प्रहरीको गोली लागेर बर्दिबासमा सञ्जय न्यौपानेको मृत्यु भएको थियो। 

उनको बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। जनकपुरस्थित प्रदेशिक अस्पतालमा पोस्टमार्टम गरिएको बालिकाको शव बुझ्न परिवारजन जनकपुर गएका छन्।

बालिकाको हत्या गर्ने विरुद्ध जाहेरी दर्ता गर्ने तयारी भइरहको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजनप्रसाद चापागाईंले बताए। ‘पीडित परिवारले जाहेरी लेखाइरहेका छन्,’उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.