आउने भयो दैनिक ३ करोड लिटरको 'बुटवलको मेलम्ची'

आउने भयो दैनिक ३ करोड लिटरको 'बुटवलको मेलम्ची'

बुटवल : बुटवलमा दैनिक तीन करोढ २० लाख लिटर पानी ल्याउने झुम्सा खानेपानी आयोजना निर्माण थालिएको छ ।

पाल्पाको तिनाउ गाउँपालिकास्थित झुम्सा खोलाबाट यो पानी बुटवल ल्याउन लागिएको छ । यो हिउँदमा पनि निरन्तर बगिरहने खोला हो । विगत केही वर्षदेखि झुम्साबाट पानी ल्याउने योजनामा काम भइरहे पनि त्यसले मूर्त रुप पाएको थिएन । ‘बुटवलको मेलन्ची’भन्ने आरोप लागेको यो योजना अव भने द्रुत गतिमा अघि बढ्ने अपेक्षा गरिएको छ ।

बुटवलमा अहिले खानेपानीको अभाव छ । यहाँबाट प्रारम्भिक चरणमा ३ करोड २० लाख लिटर र आयोजना निर्माण सकिएपछि दैनिक ६ करोड लिटर पानी आउने बुटवल खानेपानी आयोजनाले जनाएको छ ।

अहिले बुटवलमा दैनिक ३ करोड ४० लाख लिटर पानीको माग रहेको छ । खानेपानी संस्थानसहित विभिन्न उपभोक्ता समितिका खानेपानी योजनाबाट २ करोड ८० लाख लिटर उत्पादन र वितरण भएको छ । ६० लाख लिटर पानी अपुग रहेको बुटवललाई झुम्सा योजनाले पूर्ति गर्ने संस्थानले जनाएको छ ।

बुटवलमा अहिले तिनाउ नदीबाट पम्प गरिएको र ट्वुवेलको पानी वितरण गर्ने गरिएको छ । तिनाउबाट तानिने पानी वर्खायाममा धमिलो हुदा यहाका नागरिकले सास्ती बेहोर्दै आएका छन् ।

संस्थानले पाल्पाको झुम्साबाट पानी ल्याएर माग अनुरुप नै वितरण गर्ने योजना बनाएको छ । ६ अर्ब ३५ करोड ३५ लाखको लागतमा आयोजना निर्माण थालिएको हो । नेपाल खानेपानी संस्थानका महाप्रवन्धक भूपेन्द्र प्रसादले झुम्सा खानेपानी आयोजनाले आगामी १५ वर्षसम्मको बुटवलको खानेपानीको माग धान्ने बनाए । संस्थानले निकै महत्वका साथ आयोजनालाई अगाडी बढाएको उनले बताए ।

झुम्साको पानी बुटवल ल्याउन १० इन्च र २० इन्चको साढे १३ किलोमिटर पाइपलाइन विस्तार गरिनेछ । झुम्सा खोलामा पक्की बाध र पानी थिग्रयाउने तथा पानी जम्मा गर्ने पूर्वाधार निर्माण हुने आयोजनाले जनाएको छ । बुटवलका ८ वटा वडामा ५ लाखदेखि १० लाख लिटरसम्मका ९ वटा ट्यांकी निर्माण गरिनेछ ।

बाँध निर्माणका लागि ७३ करोड ६४ लाख बजेट बिनियोजन गरिएको छ । पानी प्रशोधन, भण्डारण र वितरणका लागि ५ अर्ब ६१ करोड ७१ लाख रकम बिनियोजन गरिएको छ । यो आयोजना ०७९ जेठ महिनामा सक्ने गरी निर्माण कम्पनीसँग सम्झौता गरिएको छ ।

झुम्सा खोलामा निर्माण हुने बाँधको बिहिबार अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका छन् । सो अवसरमा बोल्दै मन्त्री पौडेलले झुम्सा खानेपानी बुटवलको लागि महत्वपूर्ण आयोजना भएकाले गुणस्तरीय रुपमा समयमै सक्नुपर्ने बताए । 'यसका लागि बजेटको अभाव हुनेछैन, खानेपानी संस्थानले महत्वका साथ यो योजनाको काम गर्नेछ,' उनले भने ।

खानेपानी तथा सरसफाई मन्त्रालयका सचिव माधव बेल्बासेले मन्त्रालयले झुम्सा खानेपानी आयोजनालाई महत्वका साथ केन्द्रीय कार्यक्रममा राखेको बताए । यो योजनाले तिब्र शहरीकरण भएको बुटवलको खानेपानी मागको पूर्ति गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.