कार्तिकनृत्यः स्वास्थ्य मापदण्ड पालना गरेर बराह नृत्य मञ्चन (फोटो फिचर)

कार्तिकनृत्यः स्वास्थ्य मापदण्ड पालना गरेर बराह नृत्य मञ्चन (फोटो फिचर)

काठमाडौं :  हरेक वर्ष कार्तिक शुक्लपक्ष द्वादशी तिथिमा मनाइँदै आएको कार्तिक नाचअन्तर्गतको बराह नृत्य यसपटक भने स्वास्थ्य मापदण्ड पालना गरेर मञ्चन गरिएको छ।

गत वर्ष १२ दिन प्रदर्शन गरिएको  कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र प्रदर्शन गरिएको हो। मुलुकमा अझै महामारी रहिरहेकाले नृत्यमा सहभागी मानिसको स्वास्थ्यमा ख्याल गरेर मास्कसँगै भाइजर अर्थात् ‘फेस शिल्ड’, पञ्जा, स्यानिटाइजरका साथै सामाजिक दूरी कायम गर्न लगाएर बराह नृत्य सम्पन्न गरिएको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले बताए।

यस पटकको कार्तिक नृत्यमा केही मानिस मात्र सहभागी रहँदा नौलो महसुस हुनाका साथै कोरोना सङ्क्रमण नहुने विश्वास  लिइरहेको समितिका उपाध्यक्ष प्रतापधर शर्माले बताए। 

विष्णुपुराणमा आधारित कथानुसार हिरण्याक्ष दैत्यलाई आज मात्रै भगाइने काम गरिन्छ। अन्य वर्षझैँ यस वर्ष पनि कार्तिक नृत्यलाई निरन्तरता दिन ललितपुर महानगरपालिकाका साथै वडा नं १६ ले आआफ्ना तर्फबाट सहयोग गरेका थिए।

मुलुकमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको नसुनिएको जानकार बताउँछन्। विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। सो नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ। कार्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र  सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ।

कार्तिक नाच प्रथम पटक पाँच तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको पाटनवासी बताउँछन्।

यसैगरी श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको जनाइएको छ। मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवद्र्धन गर्ने हेतुले विसं २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ। सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरिएको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।

कोरोना महामारी आउनुअघि मुलुककै लामो नाच हेर्न स्वदेशीका साथसाथै विदेशी मुलुकका थुप्रै मानिस पाटन आउँथे। यस वर्ष कोभिड भयले  कार्तिक डबली वरपर बस्ने  मानिसहरुले समेत घरघरबाट टिभीमार्फत नृत्यको आनन्द लिएको समितिका सचिव विजय तण्डुकारले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.