हर्षवर्द्धनको हर्षित मुद्रा

हर्षवर्द्धनको हर्षित मुद्रा

काठमाडौं : दुई दिने भ्रमण पूरा गरेर फर्किनुअघि भारतीय विदेशसचिव हर्षवद्र्धन शृंगला हर्षित मुद्रामा थिए। नेपाल–भारत एक वर्षदेखिको संवादहीनतामा ‘आइस–ब्रेक’ गराउने अवसर भाग्यवश शृंगलाकै काँधमा आएको थियो। आएकै दिन उनले नेपाली समकक्षी भरतराज पौड्यालसँग द्विपक्षीय वार्ता गरे। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरे। विपक्षी कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटघाट गरे। 

उच्चस्तरीय भेट र तिनमा भएका ‘सम्बन्ध सुमधुर बनाउने’ वार्तालापबाट हौसिँदै उनी शुक्रबार अपराह्न स्वदेश फर्केका छन्। ‘नेपालका प्रधानमन्त्रीज्यूसँग राम्रो र सौहार्दपूर्ण कुराकानी भयो’, शुक्रबार अन्नपूर्ण पोस्ट्सँगको भेटमा उनले भने, ‘प्रधानमन्त्री ओली र प्रधानमन्त्री मोदीबीच सुमधुर सम्बन्ध छ। उहाँहरू एक–अर्कालाई राम्ररी बुझ्नुहुन्छ। त्यसैले दुई देशबीच बढेको असमझदारी उहाँहरूले सल्टाउनेमा म विश्वस्त छु। त्यही अनुभूत गरेर फर्किंदै छु।’

नेपालसँगको सम्बन्ध शीघ्र सुमधुर बनाउने पक्षमा भारत र आफ्ना प्रधानमन्त्री नरेन्द्र मोदी रहेको उनले बताए। अघिल्लो दिन प्रधानमन्त्री ओलीसँगको भेटमा उनले भारतीय समकक्षी मोदीको त्यही सन्देश सुनाएका थिए। प्रत्युत्तरमा प्रधानमन्त्री ओलीले पनि दुई देशको परापूर्वदेखिको सुमधुर सम्बन्ध चाँडोभन्दा चाँडो पूर्ववत् मैत्रीपूर्ण होस् भन्ने चाहना व्यक्त गरेका थिए।

‘अब नेपाल–भारत सम्बन्ध कसरी नयाँ उचाइमा पुर्‍याउने भन्नेमा हामी सबै मिलेर काम गर्नुपर्नेछ’, विदेशसचिव शृंगलाले अन्नपूर्ण पोस्ट्सँग भने। उनले आफ्नो भ्रमणले दुई देशबीच विश्वास र सद्भाव कायम गराएको प्रतिक्रिया दिए। साथै, यसले दुई देशको सम्बन्धको निरन्तरतालाई बढावा दिएको बताए। 

एक फरक प्रसंगमा उनले नेपालका धार्मिक र पर्यटकीय क्षेत्रलाई दुवै देशका राम्रा गन्तव्यका रूपमा स्थापित गर्न दुवैतर्फको पहल हुनुपर्नेमा जोड दिए।

त्यसअघि शुक्रबार बिहान एआईडीआईएले आयोजना गरेको प्रवचनशालामा विदेशसचिव शृंगलाले भावी पुुस्ताका लागि नेपाल र भारत दुवै मुलुकले सहकार्य गर्नुपर्नेमा जोड दिए। सहकार्यबिना कुनै पनि मुलुक अघि बढ्न नसक्ने उनको धारणा थियो।

सचिव शृंगलाले प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका हरेक मुद्दालाई प्राथमिकतामा राखेको बताए। उनले भने, ‘शिक्षा, स्वास्थ्य, जलवायुु परिवर्तनलगायत हरेक मुुद्दामा भारतले नेपालसँग सहकार्य गरिरहेको छ।’ शृंगलाले कोरोना भाइरसको खोप आउनासाथ प्राथमिकता दिएर नेपाललाई उपलब्ध गराउने बताए। उनले भने, ‘कोरोनाको खोप जुन बेला प्रयोगमा आउँछ तत्काल नेपाललाई आवश्यक मात्रा उपलब्ध गराउनेछौं।’ उनले नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धले दुवै मुलुुकलाई समृद्धितर्फ लैजाने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.