गिनिज बुकमा चार नेपाली

गिनिज बुकमा चार नेपाली

काठमाडौँ : संसारको अग्लो स्थानमा म्युजिक भिडियो छायांकन गरेर चार नेपालीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका छन् । चलचित्र निर्देशक माधवराज खरेल, निर्माताद्वय कमला जोशी तथा पुष्कर नेपाल र गायक पूर्ण राईले यो सफलता पाएका हुन् । 

लामो समयदेखि कलाकारिता क्षेत्रमा होमिएका खरेलको टिमले पाएको सफलता सम्पूर्ण नेपाल र नेपालीका लागि गौरवको विषय हो । अहिलेसम्म कसैले पनि उक्त शीर्षकमा भिडियो निर्माण नगरेको र यो नै पहिलो सफलता भएको गिनिज बुक अफ वल्र्ड रेकर्डले जनाएको छ । अग्लो स्थान मात्रै नभएर एकै स्थानबाट क्यामेरा एंगल मात्रै परिवर्तन गरेर तयार पारिएको भिडियोले संसारकै उच्च सफलता दिलाएको हो ।

नेपालको पर्यटकीय नगरी सोलुखुम्बुको गोक्यो (४ हजार ७ सय ६८ मिटरको उचाइमा २०७६ असोज १ गते उक्त गीतको छायांकन गरिएको थियो । गीतमा हिमाल भनेको संसारको साझा हो र विश्वले यसलाई धर्तीको स्वर्गको रूपामा लिँदै यसको संरक्षण र प्रवद्र्धनमा सबैले लाग्नुपर्नेमा जोड दिइएको छ । गिनिज वल्र्ड रेकर्डबाट प्राप्त प्रमाणपत्र केही दिनपछि विशेष कार्यक्रम गरी कीर्तिमानधारी व्यक्तित्वलाई प्रदान गरिने आयोजक पिम नेपालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.