नायिकाहरूको मस्ती
मुम्बई : लकडाउनको समयमा बलिउड कलाकारका लागि पछिल्लो समय माल्दिभ्स घुमघाम पहिलो रोजाइ बनिरहेको छ। पछिल्लो पटक नायिका सोनाक्षी सिन्हादेखि दिशा पटानीसम्म माल्दिभ्समा मस्ती गरिरहेका छन्। ‘दबंग गर्ल’को नामले चिनिने सिन्हाले सामाजिक सञ्जालमा आफ्ना केही तस्बिर सार्वजनिक गरेकी छन्। तस्बिरमा उनले समुद्री किनारमा मस्ती गरेको देख्न सकिन्छ।
पछिल्लो समय फिल्म ‘मलंग’मा देखिएकी अर्की नायिका दिशा पटानी पनि हाल माल्दिभ्समै छिन्। माल्दिभ्सको समुद्री किनारमा खिचिएको बिकनी लगाएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। नीलो रङको बिकिनीमा उनी निकै हट देखिएकी छन्। ‘दे दे प्यार दे’ फिल्मबाट चिनिएकी रकुल प्रीत सिंह पनि अहिले माल्दिभ्समै छिन्। उनी परिवारको साथ बिदा मनाउन त्यहाँ पुगेकी हुन्। उनी समुद्रको बीचमा सुन्तला रङको स्विम सुटमा समेत देखिएकी छन्।
साउथ सुपरस्टार सामंथा रुथ प्रभु माल्दिभ्समा निकै मस्ती गरिरहेकी छन्। एक तस्बिरमा उनले समुद्र हेरिरहेको देख्न सकिन्छ।
त्यस्तै नायिका तारा सुतारिया पनि अहिले माल्दिभ्समा मस्ती गरिरहेकी छन्। उनले त्यहीँ आफ्नो जन्मदिनसमेत मनाएकी छन्।