चिनियाँ रक्षामन्त्री वेइ फेङहे काठमाडौंमा

चिनियाँ रक्षामन्त्री वेइ फेङहे काठमाडौंमा

काठमाडौं : चिनियाँ रक्षामन्त्री वेइ फेङहे काठमाडौं आइपुगेका छन्। उनी केहीबेरअघि चार्टर्ड जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री फेङहेले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरूले यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। 

चिनियाँ रक्षामन्त्री फेङहेको भ्रमण रक्षा मामिलाभन्दा पनि बढी राजनीतिक केन्द्रित हुने देखिएको छ। तर, सबैभन्दा बढी समय रक्षामन्त्री फेङहेले जंगी अड्डामा बिताउने र नेपाली सेनासँगको स्थायी र बलियो सम्बन्ध रहेको सन्देश दिनेछन्। 

प्रधानमन्त्री ओलीसँगको भेटमा फेङहेले नेपाली सेनालाई गर्ने सहयोगबारे पनि छलफल गर्नेछन्। प्रधानमन्त्री ओलीले अहिले रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हाल्दै आएका छन्। भेटमा नेपाल–चीनबीचको पछिल्लो सम्बन्ध, बेल्ट एन्ड रोड इनिसियटिभ, रक्षा सहायतालगायत विषयमा छलफल हुनेछ।

चिनियाँ राष्ट्रपति सी जिनफिङको विशेष सन्देश लिएर आउन लागेका रक्षामन्त्री फेङहे र प्रधानमन्त्री ओलीबीच समसामयिक राजनीति, सुरक्षा मामिलाबारे समेत छलफल हुने स्रोतले बताएको छ। प्रधानमन्त्रीले एमसीसी परियोजना पास गर्ने रणनीति लिएपछि सशंकित बनेको चीनले आफ्नो पोजिसनबारे छलफल गर्ने स्रोतले बताएको छ। 

चिनियाँ रक्षामन्त्री फेङहे र प्रधानसेनापति थापाबीच आइतबार अपराह्न जंगी अड्डामा भेटवार्ता हुने कार्यक्रम छ। नेपाली सेनाले चिनियाँ रक्षामन्त्री फेङहेको सम्मानमा जंगी अड्डा परिसरमा गार्ड अफ अर्नर दिनेछ। त्यसपछि चिनियाँ रक्षामन्त्रीको प्रतिनिधि मण्डल र नेपाली सेनाबीच द्विपक्षीय हित र सैन्य सहयोगबारे छलफल हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.