कोरोनाबाट विदेशमा एक सातामा ६ नेपालीको मृत्य
![कोरोनाबाट विदेशमा एक सातामा ६ नेपालीको मृत्य](https://annapurnapost.prixacdn.net/media/albums/corona-virus__20200903104348_biNRD6jHOY.jpg)
काठमाडौं : कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा यो साता थप ६ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कोरोना भाइरसको संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या २ सय ९९ जना पुगेको छ ।
हालसम्म विभिन्न १९ मुलुकमा रहेका नेपालीको निधन भएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता साउदी अरबमा ४ जना, पोर्चुगलमा १ जना र युकेमा १ जना नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. सन्जीव सापकोटाका अनुसार यो साता जापान, युके, स्पेन, साइप्रस, रोमानिया, कतार, यूएई र साउदी अरबमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विभिन्न ४५ मुलुकमा ४७ हजार ५ सय ८३ जना गैरआवासीय नेपाली संक्रमित भएका थिए ।
सक्रमित मध्ये ४३ हजार ५ सय ७४ जना कोरोना संक्रमणबाट मुक्त भएको संघले जनाएको छ । यो कुल संक्रमितमध्ये मुक्त हुने ९१ प्रतिशत हो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)