अर्थमन्त्री पौडेलको बजेट स्वास्थ्य क्षेत्रमा मात्रै
बुटवल : अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नम्बर २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेट स्वास्थ्य क्षेत्रमा मात्रै बिनियोजन गरेका छन्।
गत वर्षको बजेट शिक्षा क्षेत्रमा मात्रै खर्च गरेका पौडेलले यो वर्षको ५ करोड स्वास्थ्य क्षेत्रमा खर्चिएका हुन्। चार करोडमध्ये शंकरनगर स्वास्थ्यचौकी पूर्वाधार निर्माण एवं सुदृढिकरण कार्यक्रम तिलोत्तमा नगरपालिकाका लागि १ करोड विनियोजन गरका छन्।
त्यस्तै सैनामैनास्थित पदमपाणी योग तथा प्राकृतिक चिकित्सा सुदृढिकरणका लागि एक करोड, लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लव अफ बुटवलसंगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापनाका लागि ५० लाख विनियोजन गरेका छन्।
त्यस्तै बुटवल उपमहानगरपालिका वडा नम्बर १२ स्थित शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नतीका लागि १ करोड ५० लाख विनियोजन गरेका हुन्।
यस वर्ष स्थानीय पूर्वाधार विकास अन्र्तगत सांसदका लागि ४ करोड विनियोजन गरिएको छ। कार्यविधि अनुसार यो बजेट मंसिर १५ गतेभित्र बिनियोजन गरेर जिल्ला समन्वय समितिमा पठाउनुपर्छ। बजेट स्थानीय तहमार्फत कार्यान्वयन हुँदै आएको छ।
रुपन्देहीमा यस वर्ष पूर्वाधार कार्यक्रम अन्तर्गत २० करोड आउनेछ। ५ निर्वाचन क्षेत्र भएको रुपन्देहीमा कतिपय सांसदका टुक्रे योजना भएकै कारण कार्यान्वयनमा आउन सकेको छैन।