तस्बिरमा कात्तिक नाचको समापन

तस्बिरमा कात्तिक नाचको समापन

ललितपुर : देवीदेवतालाई नचाइने पाटनको कार्तिक नाच गएराति समापन गरिएको छ।

कोरोना भाइरस (कोभिड–१९) महामारीबीच विशेष सतर्कता अपनाएर गएराति पाटन दरबार क्षेत्रमा कार्तिक नाच समापन भएको हो । २७ दिने यो नाचमा विभिन्न देवीदेवतालाई नचाइन्छ। 

गत वर्ष १२ दिन प्रदर्शन गरिएको  कार्तिक नृत्य यस वर्ष भने विश्वव्यापी कोरोना महामारीका कारण सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरेर मात्र प्रदर्शन गरिएको हो। 

यस पटकको कार्तिक नृत्यमा केही मानिस मात्र सहभागी रहँदा नौलो महसुस हुनाका साथै कोरोना सङ्क्रमण नहुने विश्वास लिइएको थियो । 

मुलुकमा कार्तिक नाचको थालनी भएसँगै इतिहासमा कुनै वर्ष पनि रोकिएको नसुनिएको जानकार बताउँछन्। विसं १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। 

नाच विश्वकै सबैभन्दा लामो भएको जिकिर गरिएको छ। कार्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र  सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ। तस्बिर सुनिता डंगोल 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.