उपत्यकामा थप ५४८ जनामा कोरोना संक्रमण
काठमाडौं : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। २४४ महिला र ३०४ पुरुष गरी ५४८ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १२ सय ५५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्याका अनुसार १२ सय ५५ जनामा संक्रमण भएसँगै संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ।
१७ हजार ९०९ कोरोनाका सक्रिय संक्रमित रहेका छन्। त्यस्तै आइतबार १४ सय ४ जना स्वास्थ्यलाभ गरी घर गएका छन्। यस्तै १७ हजार ९०९ जना आइसोलेसनमा र ६३२ जना क्वारेन्टाइनमा रहेका छन्।
आइतबार कोरोनाबाट थप २५ जनाको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमणबाट देशभर १४ सय ७९ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।