एक महिनादेखि हराएका वृद्धको भेटियो शव
नुवाकोट : एक महिनादेखि हराइरहेका नुवाकोटको बुधसिङका एक वृद्धको शव झोला परेको छ। गत कात्तिक १८ गतेदेखि हराएका तारकेश्वर गाउँपालिका–४ बुधसिंहका केशरबहादुर तिमिल्सिना मृतावस्थामा फेला परेका हुन्।
८७ वर्षीय तिमिल्सिनाको शव तारकेश्वर गाउँपालिका–१ को तीनखोल्से पाखामा सडेगलेको अवस्थामा आइतबार फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक तुलबहादुर कार्कीका अनुसार जङ्गल जाने क्रममा स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका हुन्।
कार्कीका अनुसार स्थानीयवासी, आफन्त तथा परिवारजनको सनाखत र परीक्षणका क्रममा चार साताअघि हराएका तिमिल्सिनाको शव भएको पुष्टि भएको हो। शव अन्तिम संस्कार गर्न परिवारजनको जिम्मा लगाइएको छ।