अलपत्र नेपालीलाई सहयोग

अलपत्र नेपालीलाई सहयोग

साउदी अरेबिया : साउदी अरेबियामा कोभिड-१९ र अन्य कारण अलपत्र परेका ५ सय ३ जना  नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)  साउदीले खाद्यान्न सहयोग गरेको छ।

१२  जनालाई नेपाल फर्कन हवाई टिकटको पनि व्यवस्था गरिएको छ। एनआरएन  साउदीका अनुसार  कोभिडले निम्त्याएको  समस्यालाई ध्यान दिँदै अलपत्र नेपालीलाई सहयोग गििरएको हो। कोरोनाका कारण साउदीमा थुप्रैको रोजगारी गुमेको छ भने कतिपय अलपत्र परेका छन्। 

एनआरएनएले खाद्यान्न, नगद र हवाई टिकटलगायत सहयोग गरिरहेको छ। कोरोना महामारीसँगै एनआरएनए साउदीले अलपत्र परेका नेपालीको सहयोगको लागि दूतावास परिवार, सामाजिक संघसंस्थालगायतसँग समन्वय गरी  सहकार्य गर्दै आएको छ। संस्थामा हालसम्म ६ वटा क्षेत्रीय समन्वय समिति र ५ वटा स्थानीय समन्वय समिति गरी १ हजार २ सय ५० पञ्जीकृत सदस्य  छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.