स्कुटर दुर्घटनामा एकको मृत्यु

स्कुटर दुर्घटनामा एकको मृत्यु

भक्तपुर : भक्तपुर–काठमाडौं ६ लेन सडकको मध्यपुर थिमि नगरपालिका ४ एसएस चोकमा गएराति स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ७३ प ३८२ नम्बरको स्कुटी अनियन्त्रित भई आफै दुर्घटना हुन पुगेको थियो। उक्त घटनामा परी स्कुटर चालक मध्यपुर थिमि नपा ९० राधेराधे बस्ने २९ वर्षीय राजु तामाङको मृत्यु भएको परिसरले जनाएको छ।

परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले स्कुटर एसएस चोकमा रहेको ट्राफिक आइल्याण्डलाई ठक्कर दिई दुर्घटना भएको जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परी घाइते भएका तामाङलाई उपचारका लागि तत्काल नजिकै रहेको मध्यपुर अस्पताल लगिएको थियो। त्यहाँ प्राथमिक उपचारपछि गएराति नै काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।

नर्भिक अस्पतालका सम्बन्धित चिकित्सकले घाइते तामाङको मृत्यु भइसकेको भनी पुष्टि गरेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

उनले घटनासम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जानकारी दिए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.