'सम्झना भो गाउँघरको' (भिडियो)
काठमाडौँ : 'राई इज किङ'को रुपमा परिचित गायक राजेश पायल राई र गायिका कल्पना राईको आवाजमा रहेको लोकगीत 'सम्झना भो गाउँघरको' सार्वजनिक भएको छ। गीतको भिडियोसहित सार्वजनिक भएको हो।
मातृभूमि वर्णित गीतको शब्द जानुका राईले लेखेकी हुन्। खोटाङ जिल्लाको विभिन्न रमणीय स्थानमा खिचिएको भिडियोमा ग्रामीण परिवेशमा रहेका प्रेमील जोडीको भावनालाई गीतमा देखाइएको छ। खोटाङ जिल्लाको विभिन्न पर्यटकीय स्थानलाई पर्यटन प्रर्वद्धन गर्ने अभिप्राय साथै मौलिक लोक संस्कार र संस्कृतिलाई जगेर्ना गर्ने कार्यमा गीतले सहयोग पुग्ने विश्वास रहेको गीतकार जानुका राईले बताइन्।
गीतमा गंगराज राईको संगीत तथा नोरवु शेर्पाको एरेन्ज रहेको छ। मुकेश हुमागाईँको छायाँकन, मानबहादुर थापाको सम्पादन गीतमा रहेको छ। त्यस्तै तथा जसबहादुर याक्खाले भिडियोको निर्देशन गरेका हुन्। भिडियोमा जसबहादुर याक्खा जसु, समीक्षा याक्खा तथा कल्पना राईलगायतको अभिनय रहेको छ।