नेकपा सचिवालय बैठक बालुवाटारमै बस्ने
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा बस्ने भएको छ। यसअघि सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेपनि अन्तिम समयमा आएर 'सुरक्षा थ्रेट' देखाउँदै महासचिव विष्णुप्रसाद पौडेलले बैठक बालुवाटार बस्ने जानकारी दिएको एक सचिवालय सदस्यले अन्नपूर्ण अनलाइनसँग बताए।
सुरक्षाको कारण धुम्बाराहीमा बैठक नबस्ने भएपछि नेताहरु बालुवाटार जाने भएका छन् । मंगलबारको बैठकमा यसअघि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको प्रस्तावमाथि छलफल हुने बताइएको छ।
यसअघि सचिवालय बैठकमा कार्त्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्डले र मंसिर १३ गते प्रधानमन्त्रीले केपी शर्मा ओलीलेले प्रतिवेदन पेश गरेका थिए। मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्रको संज्ञा दिएका थिए । बैठक दिउँसो १ बजे बस्दैछ।