बालुवाटारमा नेकपा सचिवालय बैठक सुरू, के आउला निष्कर्ष ?
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। बैठक भर्खरै सुरु भएको हो यसअघि सचिवालय बैठकले पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेपनि अन्तिम समयमा आएर ' सुरक्षा थ्रेट' देखाउँदै बालुवाटार बैठक सुरु भएको हो
मंगलबारको बैठकमा यसअघि अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ।
यसअघि मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले केपी शर्मा ओलीले र कार्त्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले आ-आफ्नो प्रस्ताव पेश गरेका थिए। मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्रीले ओलीले प्रचण्डको प्रतिवेदनलाई आरोप पत्रको संज्ञा दिएका थिए ।