रक्तश्रावबाट सुत्केरीको मृत्यु

रक्तश्रावबाट सुत्केरीको मृत्यु

अछाम : अछाममा एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षीया नामसरा विकको जिल्ला अस्पताल अछाममा मृत्यु भएको हो । सोमबार मध्यान्ह १२ बजे नै सुत्केरी व्यथा लागेर रक्तश्राव हुन थालेपछि स्थानीय स्वास्थ्य संस्थामा उनी पुगेकी थिइन् । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई जिल्ला अस्पतालमा ल्याईएको थियो। 

सोमबार राती १२ बजेर १५ मिनेटमा जिल्ला अस्पतालमा उनको ज्यान गएको जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डाक्टर अतुल भारद्धाजले जानकारी दिए । छैठौं बच्चा जन्माउने क्रममा नामसरालाई अस्पताल पुर्‍याइए पनि रक्तश्राव नरोकिएपछि ज्यान गएको भारद्धाजले जानकारी दिए। 

नामसराको पेटमा रहेको बच्चाको पहिले नै मुत्यु भइसकेको थियो डा. भारद्धाजले भने, साढे ४ घण्टा ढिलो गरी अस्पतालमा पुर्‍याइएका कारण उनलाई बचाउन सकिएन। नामसराका यसअघि ३ छोरा र २ छोरी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.