दैलेखका सात तहमा अस्पताल

दैलेखका सात तहमा अस्पताल

दैलेख : जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिकालाई कर्णाली राजमार्गले छिचोलेको छ । नगरमा सुविधायुक्त अस्पताल छैन् । अस्पताल नहुँदा यहाँका नागरिकहरुले धेरैपटक स्वास्थ्योपचारमा जोखिम बेहोरेका छन् । 

राजमार्गमा प्राय सवारी दुर्घटना भइरहन्छ । दुर्घटनामा परी घाइते भएकाहरुले समयमै उपचार नपाउँदै ज्यान समेत गुमाएका छन् । स्वास्थ्य चौकीकै भरमा रहेका यहाँका नागरिकहरुले अब भने स्वास्थ्योपचारमा जोखिम मोल्न नपर्ने भएको छ । 

नगरको राकमकर्णाली बजार नजिकै नैनलमाडुमा सुविधा सम्पन्न अस्पताल निर्माण हुने भनेपछि स्थानीयले राहत महसुस गरेका छन् । नगरका मेयर खड्गराज उपाध्यायले १५ शैयाको अस्पताल शिल्यान्यास गरेका छन् ।

'अस्पताल निर्माण भएपछि आठबीस मात्रै नभई कालिकोट र सुदुरपश्चिम प्रदेशको अछाम जिल्लाको केहि भू-भागका नागरिकहरुले गुणस्तरीय स्वास्थ्य सेवा पाउनेछन्, मेयर उपाध्यायले भने, 'संघीय सरकारको लगानीमा अस्पताल निर्माण थालनी भएपछि खुसी लागेको छ ।'

नगरपालिका, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश सरकारको संयुक्त प्रयासमा आठबीस नगरपालिका–३ जाक्सीमा एक सय शैयाको अस्पताल निर्माण गरिने मेयर उपाध्यायले बताए ।  त्यतिमात्रै नभइ नगरमा ट्रमा सेन्टर समेत स्थापनाको तयारी थालिएको छ । 

दैलेख सुर्खेत सडक खण्डमै पर्ने गाउँपालिकामा हो, गुराँस । सडक खण्डले छिचोलेको यो गाउँपालिकाका सर्वसाधरणहरु बिरामी हुँदा उपचारका लागि जिल्ला सदरमुकाम दैलेख, प्रदेश राजधानी सुर्खेत, लुम्बिनी प्रदेशको कोहलपुर तथा नेपालगंजका साथै भारतमा जानुपर्ने बाध्यता छ । सामान्य बिरामी भए पनि ठूलो रकम खर्चिएर नेपालगंज देखि भारतसम्म जानुपर्ने बाध्यता अब अन्त्य हुनेमा स्थानीय विश्वस्त छन् ।

गुराँस गाउँपालिका–४ मा १५ शैयाको अस्पताल बन्ने भएपछि स्थानीय खुसी छन् । बराहस्थित सेरीबाडा स्वास्थ्य चौकी परिषरमा प्रतिनिधि सभाका सदस्य पार्वतीकुमारी विशुन्केले अस्पतालको शिलान्यास गरेकी छन् । 

आठबीस नगरपालिका र गुराँस गाउँपालिका सहित जिल्लाका ७ वटा स्थानीय तहमा अस्पताल निर्माण हुनेछ । जिल्लाको आठबीस नगरपालिका, गुराँस गाउँपालिका, नौमूले गाउँपालिका, भैरबी गाउँपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, ठाटीकाँध गाउँपालिकामा १५/१५ शैया र महाबु गाउँपालिकामा १० शैयाको अस्पताल निर्माण हुने भएको हो । ठाटीकाँध र नौमूले गाउँपालिकामा यसअघिदेखि नै प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् ।

देशभरका सबै पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्‍याउन सरकारले अघि सारेको ५ देखि १५ बेडसम्मका अस्पताल निर्माण अन्तरगर्त दैलेखका सात वटै तहका अस्पतालहरु शिलान्यास गरिएको छ ।

यद्दपी जिल्लामा रहेका सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीमा दरबन्दी अनुसार स्वास्थ्यकर्मी र पर्याप्त उपकरण नहुँदा स्तरीय सेवा पु¥याउन नसकिरहेका बेला नयाँ संरचनाको शिलान्यास गरिए पनि भरपर्दो सेवा प्रवाह हुन सक्नेमा भने स्थानीय नागरिकहरु विश्वस्त छैनन् । तर, जनप्रतिनीधिहरु भने अस्पताल निर्माण भएपछि जनता गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुग्ने दाबी गरेका छन् ।

प्रतिनीधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले अस्पताल सञ्चालनमा आएसँगै स्थानीय नागरिकहरुले घरदैलोमै स्वास्थ्य सेवा पाउने बताउँछिन् । गुराँस लगाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बहुवर्षीय योजनामा निर्माण हुन लागेको अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच बृद्धि हुने बताउँछन् ।

'अस्पताल स्थापनाको लागि छिट्टै टेन्डर प्रक्रिया हुने र कुनै अवरोध बिना अस्पताल बनाउन स्थानीय बासीले सहयोग गर्नुपर्छ, अध्यक्ष ओलीले भने, 'अस्पताल बनेपछि उपचारका लागि बाहिर जानुपर्ने समस्याको अन्त्य हुनेछ ।' 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.