२४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण : २१ को मृत्यु

२४ घण्टामा थप १३ सय ४ जनामा कोरोना संक्रमण : २१ को मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा १३ सय ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभरै थपिएका १३ सय ४ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार मंगलबार २ हजार ७३ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १६ हजार ५९४ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय २९ पुगेको छ।

देशभर क्वारेन्टिनमा ६१६ जना रहेका छन् भने आइसोलेसनमा १६ हजार ६३३ जनाको उपचार भइराखेको छ। मन्त्रालयका अनुसार ३७० जनाको आइसीयू र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.