शिक्षाले फेरियो मुहार

शिक्षाले फेरियो मुहार

महोत्तरी : राजमार्गबाट ५ किलोमिटर उत्तरतिर छिचोलेपछि खयरमारा गाउँ पुगिन्छ। वनपत चोकबाट धुलाम्मे बाटो पार गरेपछि गाउँको बीचमा कालोपत्रे बाटो छ। सडकका दुवैतर्फ साना–ठूला घर देखिन्छन्। गाउँले राज्यसँग विकास पर्खिरहेको भान हुन्छ। अलि पर पुगेपछि खयरमारा बजार आउँछ। त्यही नजिकै चुरेको फेदमा तीनतले रातो भवन छ। यो ठाउँमा २०६३ सालतिर जनमुक्ति सेनाको ब्रिगेड थियो। यहाँ उहिले गणतन्त्रका लागि लडेका जनमुक्ति सेना बस्थे। अहिले त्यहाँ प्रदेश २ स्तरीय बहुप्राविधिक शिक्षालय खुलेको छ।

महोत्तरी जिल्लाको कर्णाली भनेर खयरमारालाई चिनिन्छ। यहाँ गाउँलेलाई पिउन पानी पाउन धौधौ छ। विकासको खासै स्वाद नचाखेका गाउँलेको अनुहारमा मंगलबार खुसियाली देखिन्थ्यो। उनीहरूको नजर रंगिएको भवनमा थियो। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नवनिर्मित २१ कोठे तीनतले भवन उद्घाटन गरे। प्रदेश २ कै सानदार शैक्षिक भवन हो यो।  मुस्कुराइरहेको भवनमा गाउँले आफ्ना छोराछोरीको भविष्य देखिरहेका थिए। यो भवन अहिलेसम्मकै सबैभन्दा बढी तीन करोड ७४ लाखमा बनेको हो।

बर्दिबास बजारबाट २२ किलोमिटर पश्चिम–उत्तरको विकट गाउँ खयरमारा पुग्न जंगलको बाटो पार गर्नुपर्छ। द्वन्द्वकालमा बाहिरका मानिस त के स्वयं प्रहरी नै खयरमारा जान डराउँथे। त्यहाँ माओवादीको गढ नै थियो। सर्लाही, महोत्तरी र सिन्धुली जिल्लाको केन्द्रमा त्यो गाउँ पर्छ। समय फेरिएसँगै मनमा डर होइन, सपना बोकेर पूर्व ताप्लेजुङदेखि पश्चिम बाजुरासम्म गरी २२ जिल्लाका विद्यार्थी निर्धक्क भएर पढिरहेका छन्। यहाँ अहिले पाँच सय ३८ जना विद्यार्थी आफ्नो उज्ज्वल भविष्यका लागि मेहनत गरिरहेका छन्।

२०७५ सालमा निर्मल लामा बहुप्राविधिक शिक्षालय स्थापना भयो। दुई वर्षमै यो शिक्षालयले गाउँको मुहार मात्रै फेरेन, बाहिरी जिल्लामा आफ्नो सकारात्मक प्रभाव कायम गर्न सफल भएको स्थानीय विनोद श्रेष्ठ बताउँछन्। 

स्नातक तहमा सिभिल इन्जिनियरिङ, जियोमेट्रिक इन्जिनियरिङ, फरेस्ट्री, होटल मेनेजमेन्ट, फुड एन्ड डेरी, फार्मेसी, रेडियोग्राफीको पढाइ भइरहेको शिक्षालयका प्राचार्य रमनकुमार मेहताले बताए।

प्राविधिक शिक्षाको लहर
प्रदेश २ मा प्राविधिक शिक्षाको लहर चलेको छ। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्रदेश २ का निर्देशक नागेन्द्र साहका अनुसार प्रदेशभरिमा १ सय २१ वटा शिक्षण संस्थामा विभिन्न प्राविधिक विषयको पठनपाठन भइरहेको छ। डिप्लोमा तहमा १५ हजार ७ सय ८६ जना र प्री डिप्लोमा तहमा २ हजार ९ सय ४ जना पढ्दै छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.