ऋचालाई ‘भारत रत्न’
मुम्बई : बलिउड अभिनेत्री ऋचा चड्डालाई भारत रत्न डा. अम्बेडकर अवार्ड–२०२० बाट सम्मानित गरिएको छ। ऋचालाई यो अवार्ड महाराष्ट्रका गभर्नर भगत सिंह कोश्यारीले भारतीय सिनेमामा उनको योगदानको कदर गर्दै प्रदान गरेका हुन्। ऋचालाई राज भवनमा आयोजित समारोहमा यो अवार्ड प्रदान गरिएको हो।
यो सम्मानबाट ऋचा निकै खुसी छिन्। ऋचाले भनिन्, ‘यो सम्मान मेरो मुटुको नजिक रहने छ। कुनै गडफादर नभएको एउटा कलाकारका लागि यो ठूलो उपलब्धि हो र यो मेरो मेहनतको कमाइ हो।’
पछिल्लो लामो समयदेखि उनी फिल्म ‘शकिला’का कारण चर्चा छिन्। यो फिल्म ९० को दशककी मलयालम अभिनेत्रीको बायोपिक हो। फिल्म ‘अभी तो पार्टी सुरु हुई है’मा पनि उनी देखिनेछिन्।