नेकपा सचिवालय बैठक २ बजेका लागि सर्‍यो

नेकपा सचिवालय बैठक २ बजेका लागि सर्‍यो

काठमाडौं : बुधबार १ बजेका लागि डाकिएको नेकपा सचिवालय बैठक १ घन्टा पर सरेको छ। बैठक दिउँसो २ बजे बस्ने जानकारी आएको एक सचिवालय सद्स्यले अन्नपूर्ण पोस्टलाई जानकारी दिए।

उनका अनुसार पार्टी महासचिव समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले १ बजेको बैठकमा उपस्थित हुन नसक्ने जनाएपछि बैठक १ घन्टाका लागि सारिएको हो। बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रस्तावमाथि छलफल हुने जनाइएको छ। ओलीले भने बुधबारको बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी गराएका थिए।

मंगलबारको सचिवालय बैठकमा अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको प्रतिवेदन र कार्यकारी अध्यक्ष प्रचण्डले अध्यक्ष ओलीको प्रतिवेदनमाथि धारणा राखेका थिए। बैठकमा ओलीले प्रचण्डलाई सुनियोजित रूपमा ल्याएको, विखण्डन र विभाजनको आधार तयार पार्न ल्याएको हो भन्दै प्रस्ताव फिर्ता लिन र क्षमायाचना गर्न प्रस्ताव राखेका थिए।

सोही बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले केही समय अनौपचारिक छलफल गरेर मात्रै अर्को बैठक बस्नुपर्ने धारणा राखेका थिए। तर प्रचण्डसहितका नेताहरुले छलफललाई निरन्तरता दिने भन्दै बुधबार दिउँसो १ बजेका लागि बैठक बोलाएका हुन् । मंगलबार दिउँसो १ बजे सुरु भएको बैठक साँझ ४ बजे सकिएको थियो। बैठकमा पार्टी शीर्ष नेताहरु माधव नेपाल, झलनाथ खनाल,बामदेव गौतम,ईश्वर पोखरेल,नारायणकाजी श्रेष्ठ, विष्णु पौडेलले आ-आफ्ना धारणा राखेका थिए।

अध्यक्ष ओलीले मंसिर १३ गतेको सचिवालय बैठकमा ३८ पृष्ठको ५३ बुँदे प्रतिवेदन पेश गरेका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गतेको सचिवालय बैठकमा १९ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरेका थिए । सचिवालय बैठक बुधबारका लागि सरेसँगै नेकपा स्थायी कमिटी बैठक प्रभावित हुने देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.