ओली अनुपस्थित नेकपा सचिवालय बैठक २० मिनेटमै सकियो : अर्को बैठक मंसिर २० गते

ओली अनुपस्थित नेकपा सचिवालय बैठक २० मिनेटमै सकियो : अर्को बैठक मंसिर २० गते

काठमाडौं : बुधबारका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक २० मिनेटमै सकिएको छ । 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक मंसिर २० गते दिउँसो १ बजे अर्को बैठक बस्ने निर्णय गर्दै सम्पन्न भएको हो ।  प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले मंसिर १३ र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कात्तिक २८ गते पेश गरेका राजनीतिक प्रतिवेदनमाथि मंगलबारबाट सुरु भएको छलफललाई आज पनि निरन्तरता दिने कार्यसूची रहेको थियो । 

बुधबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली उपस्थित नभएपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक सकिएको हो । 

स्थायी कमिटी बैठक २१ गते

सचिवालय बैठकले बिहीबार (मंसिर १८) गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सार्ने निर्णय गरेको हो । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी अध्यक्षद्वयले सचिवालयमा पेश गरेका राजनीतिक प्रतिवेदनमाथि थप छलफल आवश्यक भएकाले स्थायी कमिटी बैठक सार्ने सहमति भएको हो ।

बुधबारको बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली अनुपस्थित भएपछि २० मिनेटमै बैठक सम्पन्न भएको हो । सचिवालयको अर्को बैठक मंसिर २० गते दिउँसो १ बजेका लागि बोलाइएको छ । अर्को बैठकमा अध्यक्ष ओलीको अनिवार्य उपस्थितिका लागि आग्रह गरिनेसमेत प्रवक्ता श्रेष्ठले बताए । 

‘बैठकले पार्टीमा देखा परेको संकट र समाधानका लागि प्रधानमन्त्रीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुन्छ भन्ने निष्कर्ष निकालेको छ’, प्रवक्ता श्रेष्ठले भने, ‘प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको आगामी बैठकमा अनिवार्य उपस्थितिको लागि अनुरोध गर्ने निष्कर्षका साथ अब सचिवालय बैठक आगामी २० गते १ बजे बस्ने भएको छ ।’ 

 अध्यक्षद्वयका प्रतिवेदनमा विषयमा विवाद बड्दै गएपछि अनौपचारिक छलफलका लागि तत्कालका लागि बैठक स्थगित भएको बालुवाटार स्रोतको दाबी छ । 

नेकपाभित्रको विवाद मिल्ने होइन कि झन् तन्किने र झैझगडाको तहमै पुगेको छ। पार्टी एकतायताको सबैभन्दा तिक्ततापूर्ण बैठक मंगलबार सचिवालयमा भएको छ। मंगलबारको बैठकमा कार्यसूची तय गर्ने विषयमै दुई अध्यक्षबीच चर्काचर्की परेपछि माहोल घम्साघम्सीमा परिणत भएको थियो ।

अध्यक्षद्वयले पेश गरेका प्रस्ताव छलफलमा लैजाने र नलैजाने कार्यसूचीकै विषयमा मंगलबार चर्को विवाद  भएको थियो । मंगलबार बैठकको सुरुमै प्रधानमन्त्री ओलीले महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसर पारेर केक काट्ने र जन्मदिन मनाउने विशेष कार्यक्रम राखेका थिए। त्यसपछि केक काटेर नेताहरूले मुख मिठ्याएपछि बाझाबाझ सुरु भएको थियो । सोही क्रममा बुधबारको बैठकमा उपस्थित नहुने बताएका ओली आजको बैठकमा अनुपस्थित भएका हुन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.