बालिका हत्या प्रकरणको छानबिन सुरु

बालिका हत्या प्रकरणको छानबिन सुरु

बर्दिबास : गृह मन्त्रालयले गठन गरेको छानबिन समितिले महोत्तरीको बर्दिबासमा बलिका हत्या प्रकरणको छानबिन गरिरहेको छ। गृह मन्त्रालयका उपसचिव रुद्र पण्डितको संयोजकत्वमा गठित समितिले काम थालेको हो। 

मंगलबार काठमाडौंबाट आएको उक्त समितिमा २ नम्बर प्रदेश प्रहरी कार्यालयका एसपी कृष्ण प्रसाईं र राष्ट्रिय अनुसन्धान विभाग, धनुषाका एसपी अभिनय सिंह सदस्य छन्।

जनकपुरलाई केन्द्र बनाएर ती टोली घटनासँग सम्बन्धित पक्षसँग सोंधीखोजी गरिरहेको छ। मंगलबार बिहान महोत्तरीका जिल्ला सुरक्षा समितिसँग घटनाको बारेका छानबिन समितिले सोंधपुच्छ गरेको थियो। महोत्तरीको सदरमुकाम जलेश्वरबाट ४२ किलोमिटर उत्तरमा रहेको बर्दिबासस्थित घटनास्थलमा छानबिन समिति आएको हो। 

मंसिर ७ गते ६ वर्षीय गुलाब्सा खातुनको अपहरण पश्चात हत्या गरिएको थियो। घटनाको विरोधमा भएको प्रदर्शनलाई नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा स्थानीय सञ्जय न्यौपानेको ज्यान गएको थियो। दुवै घटनाको छानबिन गर्न स्थानीयले माग गरेका थिए।गृह मन्त्रालयले मंसिर ११ गते घटनाको छानबिन गर्न टोली गठन गरेको थियो।

बालिका हत्या र न्यौपानेको मृत्युदेखि घटनाका सबै पाटोलाई केलाएर समितिले छानविन गरिएको छ। बालिका हत्याको आरोपमा गौशालाका अरुण साह पक्राउ परेका छन्। 

बालिका प्रकरणमा इलाका प्रहरीका कार्यालय बर्दिबासका दुई प्रहरी जिल्ला प्रहरी कार्यालय जलेश्वर तानिएका छन्। सई वीरेन्द्र सिंह र प्रहरी हवल्दार फूलगेन मण्डललाई जिल्लामा तानिएका हुन्।

बालिका हत्या आरोपी अरुणकै घरमा पहिला सई सिंह कोठा लिएर बस्थें। पछि आफ्नै घर बनाएपछि कोठा छोडेका थिए। चिनजान भएकाले बालिका हराउँदा उनको घरमा सर्च गर्न नगएको स्थानीयको भनाइ छ।

घटनामा प्रहरीको हात रहेको भन्दै स्थानीयले आन्दोलन चर्काका थिए। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक टीकाबहादुर केसीका अनुसार घटनाबारे बुझन् उनीहरुलाई जिल्ला तानिएको छ। प्रतिवादी साहसँग ती प्रहरी कर्मचारीहरूको पहिलेदेखि पनि व्यापारी भएको नाताले खानपिन र उठबस हुने गरेको भन्ने कुरा स्थानीयले प्रश्न उठाएपछि प्रहरीले सोधपुछ गर्नका लागि जिल्लामा तानेको हो। 

गुलाब्सा र सञ्जयको परिवारलाई प्रदेश-२ सरकारले जनही ५/५ लाख राहत घोषणा गरेको छ। घटना घाइतेलाई १/१ लाख राहत दिइने प्रदेश-२ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। 

मृतक सञ्जयका दुई छोरी र एक छोरा छन्। उनीहरुको उच्च शिक्षाका लागि प्रदेश सरकारको क्याबिनेटबाट प्रस्ताव लाने मन्त्री यादवले जनाए। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले पनि पीडित परिवारसंग भेटघाट गरेका छन्। शोकाकुल परिवारसँग उनले न्यायका लागि पहल गरिरहेको उनले विश्वास दिलाए।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.