कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत

कोरोनाविरुद्धको पहिलो खोप स्वीकृत

लन्डन : बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप प्रयोग गर्न स्वीकृति दिएको छ। यससँगै बेलायत कोरोनाविरुद्ध खोप प्रयोग गर्ने पहिलो देश बनेको छ। बेलायतले यसको प्रयोग केही दिनमै सुरु गर्नेछ।

बेलायतको स्वास्थ्य नियामक संस्था मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सीले यो खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो। फाइजर र बायोएनटेकले करिब १० महिना अवधिमा खोप बनाएका हुन्। यो ९५ प्रतिशत प्रभावकारी भएको जनाइएको छ।

बेलायतले निःशुल्क खोपलाई अनिवार्य भने गरेको छैन। अहिले तीन तरिकाले खोप दिइने जनाइएको छ। अस्पताल, खोप केन्द्र र समुदायमा फार्मिसिस्टका साथमा खोपको प्रयोग गरिनेछ। जसका लागि करिब ५० अस्पताल र खोप केन्द्र तयारी अवस्थामा छन्। खोप केन्द्रका लागि रंगशालाजस्ता खुला ठाउँमा पनि तयारी गरिएको छ।

संक्रमितलाई यो खोप तीन सातामा दुई डोज दिनुपर्छ। अमेरिका, जर्मनी, ब्राजिललगायत देशमा गरिएको परीक्षणमा दोस्रो डोजसम्म दिइएको थियो। त्यसको सात दिनमा ९० प्रतिशत बिरामी संक्रमणमुक्त भएका थिए।

बेलायतले ४ करोड खोप किन्ने प्रक्रिया सुरु गरिसकेको छ। जसले त्यहाँका स्वास्थ्यकर्मी र ६५ वर्षभन्दा माथिका सबैलाई दिन पुग्ने अनुमान गरिएको छ। बेलायतका सरकारी अधिकारीका अनुसार आगामी वर्षको अन्त्यसम्म १० करोड डोज उपलब्घ हुने अपेक्षा छ। औषधि कम्पनीले पनि आगामी वर्षसम्म एक अर्ब ३० करोड डोज आपूर्ति गर्न सक्ने बताएको छ।

यो खोप माइनस ७० डिग्री तापक्रममा मात्र भण्डारण गर्न सकिन्छ। त्यसलाई सुख्खा आइसमा विशेष बाकसमा राखेर मात्रै एक ठाउँबाट अन्यत्र लैजानुपर्ने हुन्छ। विज्ञहरूले भने खोप सुरु भएपछि पनि सतर्क रहनुपर्ने बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.