दुर्घटनामा कार चालकको मृत्यु

दुर्घटनामा कार चालकको मृत्यु

मलंगवा : सवारी दुर्घटनामा सर्लाहीमा एकजनाको मृत्यु भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको इश्वरपुर नगरपालिका १२ बाँके जंगलमा बुधबार राती बस र कार ठोक्किँदा कार चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्यु हुनेमा महोत्तरी जिल्लाको मनरा नगरपालिका १ का नागेन्द्रकुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । जनकपुरबाट सर्लाही सदरमुकाम मलंगवा आउँदै गरेको ना ४ ख २७९६ नम्वरको बस र विपरीत दिशातर्फ गइरहेको प्रदेश २–०२–००१–च ०३१९ नम्बरको कार ठक्किदा कार चालक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुर्घटनाबाट गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि लालबन्दीतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कुवँरले जानकारी दिएका छन् । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.