पाक्ने बेला रोग लागेपछि सुन्तला सखाप

पाक्ने बेला रोग लागेपछि सुन्तला सखाप

बेनी : गत वर्ष एक लाख रुपैयाँको सुन्तला बिक्री गरेका म्याग्दीको बेनी नगरपालिका–३ मरेकका इन्द्रबहादुर थापाको बगैचामा यसपाली ७० हजारको पनि उत्पादन नहुने अवस्था छ । 

'पाक्नै लागेको सुन्तलाको दानाभित्र किरा (औंसा) परेर भकाभक झर्न थालेका छन्, 'उनले भने, 'फल दिने नयाँ बोट थपिए पनि यसपाली गाउँभरी सुन्तला झरेर सखाप भयो ।'

गत वर्ष १ लाख ५० हजार रुपैयाँको सुन्तला बेचेका मालिका गाउँपालिका–७ बिमको लुरबाङका कृष्ण सापकोटाको २०० बोट भएको बगैचामा झरेको सुन्तला भुइभरी छ । ‘झरेको सुन्तला दिनभरि संकलन गर्‍यो, फेरी भोलिपल्ट उस्तै हुन्छ, 'उनले भने, 'पाक्ने बेलामा सुन्तला बजार पठाउन नपाउँदै झरेर सकिन थाल्यो ।'

मरेकका थापा र लुरबाङका सापकोटाको मात्र नभएर म्याग्दीका अधिकांश बगैचामा फलेको सुन्तला झर्ने समस्या देखिएको छ । सुन्तलाको बोट सुक्ने र दाना झर्ने समस्याका कारण ठूलो क्षति भएको बेनी नगरपालिका–४ बास्कुनाका नरबहादुर हुमेनले बताए । कात्तिकको अन्तिम हप्तादेखि सुरु भएको सुन्तलाको दाना झर्ने समस्या नरोकिएको कृषकहरुले बताएका छन् । 

म्याग्दीको मुख्य निर्यातयोग्य कृषि उपज सुन्तला हो । सुन्तला खेतीबाट जिबिकोपार्जन र आम्दानी गर्दै आएका कृषकहरु चाइनिज सिट्रोस फ्रुट फलाई (दाना झर्ने) र सिट्रोस ग्रिन रोगका कारण चिन्तित भएका छन् । तीन वर्षअघि नेपालमा भित्रिएको चाइनिज सिट्रोस फ्रुट फलाई किरा यसपालि म्याग्दीको सुन्तला खेतीमा प्रमुख समस्याको रुपमा देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताए ।

तीन वर्षअघि नेपालमा भित्रिएको चाइनिज सिट्रोस फ्रुटमा रोग लागेपछि यसपालि म्याग्दीको सुन्तला खेतीमा प्रमुख समस्याको रुपमा देखिएको कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत गोबिन्द पाण्डेले बताए । 

‘सुन्तला जातका फलफुलको दानाभित्र पसेको औसाले असोजदेखि पुष महिनासम्म पहेलो बनाई दाना प्वाल पारेर अथवा दानालाई आफुसँगै भुइमा खसाल्छ,’ उनले भने ‘यो समस्याका कारण यसपालि सुन्तला उत्पादन २५ प्रतिशतले घट्ने अनुमान गरेका छौ ।’ 

भुइमा खसेको औसालाई पलास्टिकको बोरामा हावा नछिर्ने बनाएर राख्ने, पानीको पोखरीमा डुबाउने, गाइबस्तुलाई खुवाउने र डेढ फिट भन्दा बढी गहिरो खाडल खनेर ब्यवस्थापन गर्न उनले सुझाए ।

जेठ असारमा दानाभित्र पस्ने औसा चिसो मौसममा जमिनभित्र बस्छ । आगामी वर्ष यस्तो समस्या हुन नदिन झरेको दाना ब्यवस्थापन गर्ने र चैत बैशाख महिनामा प्रोट्रिनसँगै बिषादी मिसाएर बोटमा छर्कनुपर्ने पाण्डेले बताए । यसैगरी सुन्तलाको रुख र हाँगाभित्र गबारो छिरेर खाएपछि बोट पहेलो भएर सुक्ने समस्या देखिएको हो । 

औसा नियन्त्रणका लागि झरेका दाना ब्यवस्थापन गर्न तीन हजार पलास्टिकका बोरा बितरण गरेको कृषि ज्ञान केन्द्रका प्रमुख गोबिन्दराज कोइरालाले बताए । उनका अनुसार प्रोटिन पासो बिषादी पनि उपलब्ध गराउने तयारी भएको छ । रुख सुक्ने समस्या समाधानका लागि बगैचा ब्यवस्थापन र सुकेका हाँगा काटछाट गर्न कोइरालाको सुझाव छ । 

फल टिपेपछि मलजल, गोडमेलसँगै बोडेपेष्ट लगाउने र स्प्रे गर्न आग्रह गरे । म्याग्दीको राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवति, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा दुई सय भन्दा बढी सुन्तला बगैचा छन् । 

७०६ हेक्टरमा सुन्तला खेती भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । ३३५ हेक्टरमा लगाएको बोटले उत्पादन दिन्छ । गत वर्ष दुई हजार ४१२ मेट्रिक्टन सुन्तला उत्पादन भएको थियो । म्याग्दीको सुन्तला पोखरा, चितवन, बुटवल र काठमाडौमा निकासी हुन्छ । याम सुरुभएसँगै ब्यापारीहरु सम्पर्कमा आएका बास्कुनाका कृषक तिलक गुरुङले बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.