उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण

उपत्यकामा थप ५६१ जनामा कोरोना संक्रमण

काठमाडौं : काठमाडौं उपत्यकामा थप ५६१जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २५० महिला र ३११ पुरुष गरी ५६१ जनामा संक्रमण भएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा १३ सय ४३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभरै थपिएका १३ सय ४३ सहित संक्रमितको संख्या २ लाख ३७ हजार ४८९ पुगेको छ।

१५ हजार ७६६ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार बिहीबार २१ सय ११ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख २० हजार २७२  पुगेको छ।

यस्तै आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ। देशभर क्वारेन्टिनमा ५७६ जना र आइसोलेसनमा १५ हजार ७६६ जनाको रहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.