अछाममा ११ सय ५५ जना कोरोना मुक्त
अछाम : अछाममा ११ सय ५५ जना कोरोनामुक्त भएका छन् । जिल्लामा हालसम्म १२ सय २२ जनामा कोरोना संक्रमितमध्ये ११ सय ५५ जना कोरोना मुक्त भएका हुन् । जिल्लामा अहिलेसम्म १० हजार ९ सय ५४ जनाको स्वाब संकलन गरी परीक्षण गरिएको स्वास्थ कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए । बिहीबार थप १० जनामा संक्रमण पुष्टि भएको छ ।
कमलबजार प्रयोशालामा गरिएको परीक्षणमा मंगलसेन नगरपालिकाका ४ जना पुरुष, साँफेबगर नगरपालिकाका १ महिला र २ पुरुष गरी ३ जना, बान्नीगढी जयगढ गाउँपालिकाका ३ जना पुरुष रहेका छन् ।
यस्तै बान्नीगढी जयगढ गाउँपालिकाका ३ जना पुरुषमा पुन परीक्षणमा समेत कोरोना पोजेटिभ देखिएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए । प्रयोगशाला स्थापना भएपछि कमलबजार पीसीआर प्रयोगशालामा आजसम्म २ हजार ५३ जनाको कोरोना परीक्षण गरिएकोमा १ सय ८५ जना संक्रमित भेटिएका छन्
जिल्लामा सक्रिय संक्रमितको संख्या ६१ रहेको छ । कोरोनाका कारण अछाममा हालसम्म ४ जनाको मृत्यु भइसकेको छ ।