डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनाव लड्नसक्ने !

डोनल्ड ट्रम्प चार वर्षपछि फेरि चुनाव लड्नसक्ने !

वासिंटन: अमेरिकी राष्ट्रपतिको चार वर्षे कार्यकालबाटै बिदा हुँदै गरेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले २०२४ मा हुने अर्को राष्ट्रपति निर्वाचनमा फेरि प्रतिस्पर्धा गर्नसक्ने संकेत देखाएका छन् ।

२०१६ मा निर्वाचिन भएपछिको समयलाई 'अचम्मको चार वर्ष' भन्दै ट्रम्पले अर्को चार वर्षपछि फेरि भेट्नसक्ने प्रतिक्रिया दिएका थिए । ह्वाइट हाउसमा आयोजित क्रिसमस पार्टीमा रिपब्लिकन पार्टीका उच्चस्तरीय नेताहरु समेत सहभागी कार्यक्रममा ट्रम्पले यस्तो बताएका हुन् ।

'यो अचम्मको चार वर्ष भयो, हामीले अर्को चार वर्ष नेतृत्व गर्ने कोशिस गर्दैछौं । सम्भव भएमा म तपाईँसँग अर्को चार वर्षपछि भेट्नेछु,' ट्रम्पले ह्वाइट हाउसबाट भनेका थिए । अमेरिकी निर्वाचन सम्बन्धी कानुन अनुसार ७४ वर्षीय ट्रम्प २०२४ को निर्वाचनमा उम्मेदवार बन्न पाउनेछन् । तर  त्यसबेला ट्रम्पको उमेर अहिले जो बाइडेनको उमेर बराबर हुनेछ । अर्थात ७८ वर्ष पुग्नेछन् ।

अमेरिकामा सामान्यत: कुनै पनि राष्ट्रपतिलाई लगातार दुई कार्यकाल सत्ता सञ्चालन गर्न दिइने अभ्यास छ । तर ट्रम्प त्यस्ता राष्ट्रपति हुन् जो दुई कार्यकाल सरकार चलाउन नपाउने थोरैमध्ये पर्छन् । अर्थात् पहिलो कार्यकालपछि नै उनी ह्वाइट हाउसबाट बिदा हुनुपरेको छ ।

नोभेम्बर ३ मा भएको निर्वाचनमा ट्रम्प बाइडेनसँग पराजित भएको पनि एक महिना बितिसकेको छ । यद्यपि उनी सार्वजनिक रुपमा हार स्वीकार गर्न तयार छैनन् । उनले निर्वाचन सम्बन्धी दायर गरेका ५ वटै मुद्दा अदालतले खारेज गरिदिएको छ ।

उनका वकिल र निर्वाचन आयोगका उच्चस्तरीय अधिकारीहरुले समेत निर्वाचनमा धाँधली नभएको प्रतिक्रिया दिएका छन् । ट्रम्पले भने बाइडेनबाट धाँधली र ठगी भएको कुरा व्यक्त गर्न छाडेका छैनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.