लमजुङमा  कोरना संक्रमितको मृत्यु

लमजुङमा  कोरना संक्रमितको मृत्यु

बेंसीसहर : लमजुङमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । आइसोलेसनमा रहेका बेंसीसहर नगरपालिका–९ का ९७ वर्षीय वृद्धको बिहीबार मृत्यु भएको हो ।

कोरोना संक्रमित लमजुङमै मृत्यु भएको यो पहिलो घटना हो । यसअघि लमजुङ ठेगाना भएका बाहिरी जिल्लामा उपचारको क्रममा ६ जनाको मृत्यु भइसकेको छ ।

आइसोलेसनमा रहेर समस्या भएपछि उपचारका लागि अस्पताल ल्याइएका वृद्धको उपचारको क्रममा मृत्यु भएको हो । बेंसीसहरस्थित जिल्ला अस्पताल लमजुङका अनुसार बिहान अस्पताल ल्याएकोमा साँझ निधन भएको हो । 

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार परिवारका सबैमा कोरोना संक्रमण देखिएपछि वृद्धको सोमबार स्वाब लिएर पीसीआर परीक्षणका लागि पोखरा पठाइएको थियो । वृद्धमा बुधबार कोरोना पुष्टि भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.