‘बोल्ड निर्णय’मा कोन्कणा
मुम्बई : बलिउडकी नायिक कोन्कणा सेन प्रायः व्यक्तिगत जीवनलाई लिएर चर्चामा रहन्छिन्। हाल ४१ टेकेकी उनले आफ्नो करिअरको बीचमा गरेका केही ‘बोल्ड निर्णय’ले भने उनको छवि नै फरक रहेको छ।
बालकलाकारका रूपमै रंगयात्रा सुरु गरेकी सेनले करिअरको सुरुआत भने सन् १९८३ मा बंगाली फिल्म ‘इंदिरा’बाट गरेकी थिइन्। ‘आजा नाच’ फिल्मको सेटमा भेटिएका नायक रणवीर शौरीसँग उनको अफेयर चल्यो। सोही क्रममा उनी गर्भवती भइन्। त्यसपछि उनले हतार हतार विवाह पनि गरिन्। सन् २०१० मा विवाह गरेकी उनले केही महिनामै छोरा जन्माइन्। तर ती दुईको दाम्पत्य जीवन लामो समय टिकेन। सन्तान जन्माएलगत्तै सम्बन्धविच्छेद गर्ने सेनको निर्णयले धेरैजना आश्चर्यमा परे।
अलग्गिएको पाँच वर्षपछि ती दुईको कानुनी रूपमै सम्बन्धविच्छेद भयो।