विपन्‍न देशहरुलाई सबैभन्दा धेरै कोरोनाको खोप वितरण गर्दै चीन

विपन्‍न देशहरुलाई सबैभन्दा धेरै कोरोनाको खोप वितरण गर्दै चीन

बेइजिङ : कोभिड १९ विरुोद्धको खोप विकास गर्न विश्वका प्रभावशाली देशहरुबीच प्रतिस्पर्धा चलिरहँदा चीन पनि खोप विकासको काममा अन्तिम चरणमा पुगेको छ ।

उसले विश्वका विकासशील तथा विपन्न देशहरुमा वितरण गर्ने भनेको खोपको संख्या सम्भवत: सबैभन्दा धेरै हुनेछ । चीनले खोपको स्वीकृति पाएपछि कार्गो जेटमा तापक्रम नियन्त्रण कक्षसहित विश्वभर वितरण गर्ने तयारी गरेको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार यसरी अन्तिम चरणको परीक्षण सकिना साथ आगामी महिना करोडौँ डोज भ्याक्सिन विश्वका विभिन्न देशमा पठाइनेछ । साथै अरु थप संख्यामा पनि खोप पठाउने चिनियाँ नेताहरुको प्रतिवद्धता छ ।

अन्तर्राष्ट्रिय मिडियाका अनुसार चीनसँग यतिबेला भ्याक्सिनलाई सुरक्षित रुपमा राख्न ३ सय ५० मिटरमा फैलिएका तापक्रम नियन्त्रित कक्षहरु तयारी अवस्थामा छन् । र सोही स्थानबाट चीनले भ्याक्सिन विश्वभर वितरण गर्ने बताइएको छ ।

अमेरिकाबाट कोभिड संक्रमण फैलाएको आरोप खेपिरहेको चीनले खोप वितरण गरेसँगै लोकप्रियता कमाउने पनि विज्ञहरुले टिप्पणी गरेका छन् । र यसले चीनलाई आफ्नो छवि सुधार्न सजिलो हुने उनीहरुको बुझाइ छ । खासगरी चीन जस्तो प्रविधिसम्पन्न देशले प्रारम्भिक चरणमै कोरोनाभाइरसलाई नियन्त्रण गर्न सक्नुपर्ने थियो भन्दै केही स्वतन्त्र विश्लेषकहरुले पनि टिप्पणी गर्ने गरेका थिए।

अमेरिकास्थित काउन्सिल अन फरेन रिलेसन्सन्सअन्तर्गत ग्लोबल हेल्थकी सिनियर फेलो यान्जोङ हुवाङले चीनले भ्याक्सिनलाई सफ्टपावर बढाउने र अन्तर्राष्ट्रिय प्रभूत्व स्थापित गर्ने साधनका रुपमा पनि प्रयोग गर्नसक्ने बताएकी छन् । महामारीको सुरुवातमा विश्वभर मास्क लगायत सामग्री वितरण गरेको चीनले अति प्रभावित देशलाई अहिले खोप वितरण गर्नसक्ने कुरालाई सकारात्मक रुपमा अर्थ्याइएको छ ।

यद्यपि चीनले विकास गरिरहेका ५ वटा खोप यतिबेला तेस्रो अर्थात् अन्तिम चरणको क्लिनिकल ट्रायलमा छन् । र औषधि निर्माता कम्पनीहरुले ती खोपको कम्तिमा १६ देशमा तेस्रो चरणको परीक्षण गरिरहेका छन् । तर प्रभावकारिता सर्वेक्षणको नतिजा भने सार्वजनिक गरिएको छैन ।

बेइजिङस्थित औषधि कम्पनी सिनेभ्याक बायोटेकले ब्राजिललाई ४ करोड ६० लाख र टर्कीलाई ५ करोड डोज खोप उपलब्ध गराउने सम्झौता गरिसकेको छ । यस्तै इन्डोनेशियालाई स्थानीय उत्पादनका लागि ४ करोड 'भ्याक्सिन बल्क' उपलब्ध गराउने बताइएको छ ।

यस्तै चिनियाँ सेनाको अनुसन्धान युनिटसँगै मिलेर खोप विकास गरेको क्यान्सिनो बायोलोजिक्सले मेक्सिकोमा ३ करोड ५० लाख डोज पठाउनेछ । जहाँ चिनियाँ भ्याक्सिन परीक्षण गरिएको छ । चिनियाँ अधिकारीहरुका अनुसार थाइल्यान्ड, भियतनाम, कम्बोडिया, म्यान्मार, लाओस, मलेसिया र अफगानिस्तानलाई पनि चीनले खोप उपलब्ध गराउनेछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.