राजतन्त्रको पक्षमा हेटौंडामा र्‍याली

राजतन्त्रको पक्षमा  हेटौंडामा र्‍याली

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरले बागमती प्रदेशको राजधानी हेटौंडामा राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा मोटरसाइकल र्‍याली प्रर्दशन गरेको छ । पार्टी कार्यालयबाट निस्किएको र्‍यालीले राजतन्त्र पुर्नस्थापना गर, हिन्दु राष्ट्र कायम गर जस्ता नारा लगाएर बजार परिक्रम गरेको थियो । 

कोरोना संक्रमण जोखिमलाई ध्यान दिँदै सभा, सम्मेलन नगरी मोटरसाइकल र्‍याली निकालिएको राप्रपा मकवानपुरका अध्यक्ष रामहरि न्यौपानेले बताए । उनका अनुसार र्‍यालीमा करिब पाँचसय मोटरसाइकलमा नेता कार्यर्ता र शुभेच्छुक सहभागी थिए ।

हेटौंडा बजारको सीमा चोकमा पुगेको र्‍यालीलाई राप्रपाका केन्द्रीय मधु अधिकारी जिल्ला अध्यक्ष न्यौपानेलगायतले सम्बोधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.