३५ हजार घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

३५ हजार घुससहित सशस्त्रका सहायक हवल्दार पक्राउ

भैरहवा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले सशस्त्र प्रहरी बल नेपालको कपिलवस्तुस्थित कृष्णनगर बीओपीका सशस्त्र प्रहरी सहायक हवल्दार लिलबहादुर गुरुङलाई घुससहित पक्राउ गरेको छ । 

घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए बापत सेवाग्राहीसगँ ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा सहायक हव्लदार गुरुङलाई घुस सहित पक्राउ गरिएको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुषालले जानकारी दिए ।

उनले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका २ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई नियन्त्रणमा लिइएको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.