अमेरिकामा बाइडेन र कमलासहित ३ पूर्वराष्ट्रपति कोरोना खोप लगाउन तयार, ट्रम्प मौन

अमेरिकामा बाइडेन र कमलासहित ३ पूर्वराष्ट्रपति कोरोना खोप लगाउन तयार, ट्रम्प मौन

वासिंटन: अमेरिकामा कोभिड १९ विरुद्धको खोपले स्वीकृति पाउनै लाग्दा नवनिर्वाचित राष्ट्रपति जो बाइडेन, उपराष्ट्रपति कमला ह्यारिस सहित पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस र विल क्लिन्टनले समेत उक्त खोप लगाउने बताएका छन् ।

बेलायतमा स्वीकृति पाइसकेको खोप अमेरिकामा भने औषधि सम्बन्धी सरकारी नियामक निकाय 'फुड एण्ड ड्रग एडमिनिस्ट्रेसन'को स्वीकृतिको अन्तिम पर्खाइमा छ । तर स्वीकृति पाएपछि उक्त खोप सार्वजनिक रुपकै ग्रहण गर्न तयार रहेको बाइडेनले बताए । खोपबारे आम जनमानसमा भ्रम भएको हुनसक्ने भन्दै आफूले लगाएपछि त्यस्तो भ्रम हट्ने उनको भनाइ छ ।

अमेरिकी पूर्वराष्ट्रपति क्लिन्टन, बुस र ओबामाले पनि टिभीको प्रत्यक्ष प्रसारण भइरहेको एक कार्यक्रममा बताएका थिए । यस्तै उपराष्ट्रपतिमा हालै निर्वाचित कमलाले पनि स्वीकृति पाउना साथ आफूले खोप लगाउने बताएकी थिइन् ।

तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । जबकि ट्रम्पले कोरोनाभाइरसलाई चीनले फैलाएको भाइरस तथा फेक न्युज मिडियाको प्रचारवाजी मात्रै भएको भन्दै यसबारे आक्रोश पोखेका थिए ।

उनले लकडाउनमा समेत स्कुल खुलाउनु पर्ने भन्दै कोरोनाबारे विवादास्पद अभिव्यक्ति दिएका थिए । यसवाहेक उनले सिएनएन लगायत मिडियाले गरेका तथ्यजाँचको क्रममा कोरोनाभाइरसबारे सयौँ झुट बोल्नुका साथै प्रचारवाजी गरेका थिए ।

बाइडेन र ह्यारिसले बिहीबार सिएनएनको जेक टेपर शोमा संयुक्त रुपमा दिएको अन्तरवार्ताको क्रममा आफूहरु भ्याक्सिन लगाउन तयार रहेको बताएका थिए । बाइडेनले खुला रुपमा खोप लगाउन तयार रहेको प्रतिक्रिया दिँदा ट्रम्पले भने यसबारे प्रतिक्रिया दिएका छैनन् ।

यद्यपि अमेरिकाको एफडीएले अहिलेसम्म कुनै पनि खोपलाई वितरणका लागि स्वीकृति दिएको छैन । बेलायतमा खोप अभियान चलिरहँदा अमेरिकाले खोप वितरणको लागि स्वीकृति दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.