मालपोतमा सास्ती : दिनभर सेवाग्राही फर्काउने, रातमा बिचौलिया खुसी पार्ने !

मालपोतमा सास्ती : दिनभर सेवाग्राही फर्काउने, रातमा बिचौलिया खुसी पार्ने !

महोत्तरी : प्रायः भीडभाड हुने सरकारी कार्यालयमा बिचौलियाको बिगबिगी हुन्छ। मालपोत कार्यालय महोत्तरीको प्राङ्गणमा पुग्ने बित्तिकै कार्यालयको चारैतीर वरिपरि बिचौलिया तैनाथ हुन्छन्। 

कार्यालयबाट हुने हरेक काममा बिचौलियाको वर्चश्व छ। बिचौलिया (दलाल) को भर परे दिनभरको काम क्षणभरमा हुन्छ, तर सेवाग्राही स्वयम् कर्मचारी कहाँ गएर काम गरिदिन घण्टा, दिन हुँदै हप्तौ दिनसम्म हारगुहार गर्दा पनि घुस नदिएसम्म हुँदैन्।
 

अनेकन बहानामा कार्यालय परिसरमा बिचौलियाले सर्वसाधारण ठगेको सोनामा गाउँपालिकाका रामछविला यादव बताउँछन्। ‘जुनसेवाग्राही पैसाको पोको बोकेर आउँछ, उसको काम घण्टा भरमै हुन्छ’, उनले भने, ‘तर पैसा र पहुँच नभएका सेवागा्रहीको हप्तौंसम्म पनि काम नहुने यहाँको नियति छ।’

मालपोतमा सधैँभरी सेवाग्राहीको गुनासो हुन्छ। तर आफ्नो हिसाबले काम गर्दा एक दिनमा एउटा काम हुँदैनन्। गौशाला नगरपालिकाका सेवाग्राही भोला साहले एउटा कामका लागि २-३ दिनदेखि धाए पनि कित्ताकाट गर्न आलटाल गरेको गुनासो गरे। उनलले भने, ‘साधारण भन्दा साधारण काम गर्न पनि बिचौलियाकै भर पर्नुपर्छ, अन्यथा काम नै हुँदैन्।’

रातमा लुकेर काम
दिनभरी अनेकौँ बहाना बनाएर सेवाग्राहीलाई फर्काउने कर्मचारी तोकिएको समय भन्दा बाहिर गएर विचौलियाको काम गर्ने गरेको पाइएको छ। सेवाग्राहीलाई कामबिना रित्तै फर्काउने कर्मचारीले बिचौलियाको सेटिङ्गमा पैसाको तालमेल गरेर रातारात काम गर्छन्।

मंगलबार साँझ ७ बजे मालपोत कार्यालयमा विचौलिया राखेर काम गरिरहेको तस्बिर कैद गर्दा बिचौलिया मोटरसाइकलमा फरार भए। कर्मचारीसमेत हतारमा कम्युटर बन्द गर्दै भागे। 

विभागीय स्वीकृति बिना कार्यालयको कर्मचारीलाई काम गर्न मानही छ। तर मालपोत कार्यालय महोत्तरीले कोठाभित्र बाहिरका बिचौलिया राखेर काम गरेको पाइएको हो।  कामको चाप जतिसुक्कै भए पनि रातको समयमा काम गर्न नमिल्ने र गर्नै परे स्थानीय प्रशासनको अनुमति लिनुपर्ने प्रवधान छ। तर जिल्ला प्रशासनलाई कुनै जानकारी नगराएको प्रमुख जिल्ला अधिकारी कृष्ण कटुवालले स्वीकार गरे। 

भ्रष्टाचार संघर्ष समितिका महासचिव कुलदिप दास धोतीले हरेक जिल्लाका मालपोत, नापी, जिल्ला प्रशासन, यातायात जस्ता कार्यालय घुसखोरीको अडा बनेको आरोप लगाए। ‘सरकारी कार्यालयमा सर्वसाधारण जनताको सहजै पँहुच छैन, बिचौलियाबिना काम गर्न सकिन्न, सेवाग्राही कार्यालयमा पस्दा नपस्दै तिनको चंगुलमा पर्छन्’, उनले भने। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.