कोरोनाबाट साढे ६ करोड संक्रमित, १५ लाख बढीको मृत्यु
जेनेभा: कोरोनाभाइरस महामारीको एक वर्ष बितिसक्दा संसारभर यसबाट मृत्यु हुनेको संख्या १५ लाख नाघिसकेको छ ।
शनिबारसम्म कोरोनाभाइरसबाट १५ लाख २९ हजार १ सय भन्दा धेरैको मृत्यु भइसकेको छ । यस्तै ६ करोड ६५ लाख १४ हजार ४ सय संक्रमित भइसकेका छन् ।
तर ४ करोड ६० लाख १० हजार भन्दा धेरैको उपचार भइसकेको छ । २०१९ को डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको यो महामारीबाट विश्वका लगभग सबै देश प्रभावित भइसकेका छन् ।
चीन सरकारले प्रारम्भिक चरणमै महामारी नियन्त्रणमा ल्याए पनि अमेरिका, बेलायत, रुस, जर्मनी जस्ता प्रविधिसम्पन्न देशमा यसले ठूलो असर पुर्याएको छ ।
विश्वशक्ति मानिएको अमेरिका नै कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित देश बनेको छ । जहाँ हालसम्म २ लाख ८६ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । १ करोड ४८ लाख १० हजार संक्रमित भइसकेका छन् । भारत, ब्राजिल, रुस, इटाली, स्पेन, फ्रान्स, बेलायत, टर्की लगायत देशहरु पनि महामारीबाट अति प्रभावित देशहरुमध्ये पर्छन् ।