डोटी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

डोटी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो (अपडेट)

डोटी : डोटीको बोगटान फुड्सिल गाँउपालिकामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। 

मृतक मुञ्जु त्रिपाठीकी घाइते ३ वर्षीय छोराको उपचारका लागि बाटोमा लैजाँदै गर्दा मृत्यु भएको हो। उनको उपचारार्थ दिपायल लैजाँदै गर्दा मृत्यु भएको बोगटान फुड्सिल गाउँपालिकाकी उपाध्यक्ष भगवती बमले जानकारी दिएकी छन्। 

उपचारका लागि उपाध्यक्ष बमले बच्चालाई काखमा राखेर ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो। मृतक त्रिपाठी, उनका छोरा र उनकी सासुआमा एकै घरका हुन्। उनीहरुको घर बैतडी जिल्ला रहेको जनाइएको छ।

कच्ची सडकमा जिप भीरबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ। रा िकरिब एक बजे जिप दुर्घटना भएको थियो।

अन्य घाइतेहरूको उपचारका लागि दिपायलतर्फ ल्याइँदै गरेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.