‘आक्स मी एनिथिङ’

‘आक्स मी एनिथिङ’

मुम्बई : बलिउड अभिनेत्री इलियाना डिक्रजले आफ्ना फ्यानका लागि सोसल मिडियामा ‘आक्स मी एनिथिङ’ सेसन चलाएकी छन्।

यो सेसनमा उनका फ्यानले अनेक प्रकारका प्रश्न सोधे जसमा इलियानाले आकर्षक शैलीमा उत्तर दिएकी छन्। यही भीडमा एक प्रयोगकर्ताले अलि फरक प्रश्न सोधे जसको उत्तर उनले मिलाएर दिएकी छन्। 

प्रयोगकर्ताले इलियानासँग सोधे, ‘तपाईंले आफ्नो कुमारीत्व कहिले तोड्नुभयो?’ जवाफमा उनले भनिन्, ‘तपाईं अर्काको व्यक्तिगत जीवनमा चाहिनेभन्दा बढी प्रवेश गर्न खोज्नुहुन्छ। तपार्इंकी आमा यो देखेर के भन्नुहुन्छ?’

पछिल्लो समय इलियाना अस्ट्रेलियन फोटोग्राफर प्रेमी एन्ड्रयु निबोनसँग भएको ब्रेकअपका कारण चर्चामाथिइन्। तर यसबारे उनले आधिकारिक धारणा सार्वजनिक गरेकी छैनन्। यो जोडीले इन्स्टाग्राममाएकअर्कालाई अनफलो भने गरिसकेका छन्। इलियानाले पनि एन्ड्रयुसँगका सबै तस्बिर हटाएकी छन्। इलियानाले कहिल्यै पनि रिलेसनबारे आधिकारिक रूपमा आफ्नो धारणा सार्वजनिक गरिनन्। इलियाना पछिल्लो पटक अनिस बजमीको फिल्म ‘पागलपन्ती’ मादेखिएकी थिइन्। फिल्ममा उनको साथमा जोन अब्राहम, अनिल कपुर, अरसद वारसी र कृति खरबन्दा मुख्य भूमिकामा थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.