महामारीका बावजुद बेलायती राजकुमार दम्पती रेलयात्रामा निस्किए !

महामारीका बावजुद बेलायती राजकुमार दम्पती रेलयात्रामा निस्किए !

लण्डन: बेलायतमा कोरोनाभाइरसको महामारी अनियन्त्रित रुपमा फैलिरहँदा राजकुमार विलियम र उनकी पत्‍नी केट रेल यात्रामा निस्किएका छन् ।

कोभिड १९ महामारीका क्रममा खटिएर काम गरिरहेका फ्रन्टलाइन वर्कर, घरेलु हेरचाहको काम गरिरहेका कामदार र शिक्षकहरुलाई धन्यवाद दिन उनीहरु यही आइतबार रेलयात्रामा निस्किएका हुन् ।

कोरोना महामारीबाट अति प्रभावित देशमध्ये बेलायत पनि एक हो । साथै यूरोपेली मुलुकहरुमध्ये सबैभन्दा बढी असर भोगेको देश पनि बेलायत नै बनेको छ । जहाँ कोरोनाबाट हालसम्म ६० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ ।

विलियम, रानी एलिजावेथका नाती हुन् । अर्थात् उनी बेलायती राजपरिवारको सिंहासन सम्हाल्ने दोस्रो वरियताका राजकुमार हुन् । उनै विलियम र केट आइतबार 'रोयल ट्रेन' बाट सवार भइ देशभरको यात्रामा निस्किएका हुन् । यस अन्तरगत उनीहरु इंग्ल्याण्ड, स्कटल्याण्ड र वेल्सको पनि यात्रा गर्नेछन् । बेलायती मिडियाका अनुसार उनीहरुले १ हजार २ सय ५० माइलको यात्रा गर्नेछन् ।

क्रिसमसको अवसर पारेर देश दौडाहमा निस्किएका राज परिवारका सदस्यहरुले स्थानीय समुदायहरुलाई कोभिड विरुद्ध खटिएकोमा धन्यवाद र कृतज्ञता पनि प्रकट गर्ने बताइएको छ । बेलायती राज परिवारमा 'रोयल ट्रेन' पहिलो पटक प्रयोग गर्ने महारानी भिक्टोरिया थिइन् । जसले १८४२ मा स्लोदेखि लण्डनको प्याडिङटन स्टेशनसम्मको यात्रा गरेकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.