प्रधानमन्त्री ओलीले बोलाएर सर्वदलीय बैठक

प्रधानमन्त्री ओलीले बोलाएर सर्वदलीय बैठक

काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा भोलि (मंगलबार) बिहान ११ बजे बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

उनका अनुसार समसामयिक राजनीतिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो। उनले भने, 'प्रधानमन्त्रीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूलाई बोलाइएको छ। बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।' 

पछिल्लो समय देशका विभिन्न ठाउँमा राजसंस्था र हिन्दु राष्ट्रका पक्षमा प्रदर्शनहरू भइरहेका छन्। 

यसअघि भारतसँगको सीमा विवादमा राष्ट्रिय सहमति कायम गर्नका प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका थिए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.