अफगान फौजको आक्रमणमा २८ तालिबानी लडाकु मारिए

अफगान फौजको आक्रमणमा २८ तालिबानी लडाकु मारिए

काबुल : अफगानिस्तानको कानदहर र उरुज्गान प्रान्तस्थित सरकारी फौजको आक्रमणबाट २८ तालिबानी लडाकु मारिएको सरकारी अधिकारीहरुले बताएका छन् ।

सरकारी फौजको सुरक्षा कारवाहीको क्रममा उनीहरु मारिएको सरकारको भनाइ छ । उरुज्गान प्रान्तको ओबे क्षेत्रस्थित प्रहरी टोलीलाई लक्षित गर्दै गत बुधबार तालिबानी समूहले आक्रमण गरेको थियो । त्यसको जवाफी कारवाही स्वरुप सुरक्षा फौजले आक्रमण गरेको बताइएको छ ।

जहाँ सरकारी फौजले स्थल तथा हवाइ मार्गबाट हमला गरेको थियो । उक्त हमलामा दर्जन भन्दा बढी लडाकु घाइते भएको पनि सेनाले जनाएको छ ।

अफगानिस्तानमा २० वर्षदेखि जारी तालिबानी युद्धको क्रममा कानदहर क्षेत्र तालिबानी समूहको प्रभाव क्षेत्रको रुपमा चिनिदै आएको छ । यसअघि पनि कानदहरमा ठूला भीडन्त तथा आक्रमण भएका छन् । यस पटक सेनाको आक्रमणबारे तालिबानी समूहले भने कुनै प्रतिक्रिया दिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.